रमेश कनौजेमगर, कतारनेपाल प्रवासी मगर संघ दोहा कतारले संघका केन्द्रिय संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य सुनिल पुनमगर कतारबाट कम्पनिमा नफर्कने गरी नेपाल जानु भएकोले पुनमगरलाई एक कार्यक्रमका बिच २०१४ अगष्ट २९ मा संघले बिदाई गरेको छ । संघका अध्यक्ष केन्द्रिय समितीका अध्यक्ष शरण थापामगरको अध्यक्षता तथा सुनिल पुनमगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव रमेश कनौजेमगरले गरेका थिए ।
बिदाई कार्यक्रममा बिशिष्ट अतिथीहरुमा संघका प्रमुख सल्लाहकार भिम तरामुमगर र कतारबासी मगरहरुको सांस्कृतिक राजा केशव रानामगर हुनुहुन्थ्यो भने अतिथीहरुमा नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष लिलाम्बर चिदीमगर, संघका मानार्थ सदस्य टेक रसाइली, पुर्व प्रमुख सल्लाहकार दुर्गा पाङमीमगर र दोहा एरिया समितिका कोषाध्यक्ष रबि पुलामीमगर रहेका थिए । कार्यक्रममा अन्य संघका मगर तथा गैर मगरहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा मगर संघका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले कार्यक्रममा उपस्थितीहरुमा मन्तव्यद्धारा स्वागत गरे पछी पुनमगरलाई संघको तर्फबाट संघका प्रमुख सल्लाहकार भिम तरामुमगरले खादा लगाइ सम्मान गरिएको थियो भने, संघका अध्यक्ष शरण थापामगरले कदर पत्र हस्तान्तरण गरेर उहाँको योगदानको कदर गरिएको थियो । सम्मानकै क्रममा संघका अन्य उपस्थितीहरुद्धारा पुनमगरलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
बिदाइको मन्तव्य दिने क्रममा संघका प्रमुख सल्लाहकार तथा कार्यक्रमका बिशिष्ट अतिथी भिम तरामुमगरले पुनमगरले दिनुभएको योगदानको चर्चा गर्दै संगठनको वर्तमान अवस्था सम्म ल्याउन ठुलो श्रेय रहेको बताउदै पुनमगरको योगदानबाट हामीले धेरै सिक्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै मगरहरुलाई एक ढिक्का बनाउन गर्नुभएको योगदानको चर्चा गर्दै संघले पुनमगरलाई सधैं गर्व गरिरहने बताएका थिए ।
त्यस्तैगरी प्रमुख अतिथी तरामुमगरले बिदाई भएर जानुहुने पुनमगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हुदा हुँदै आफु स्वदेश जानु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दै मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहे पनि आफु संघर्षशिल रहने कुरा बताएका थिए । संघ लगायत बिभिन्न क्षेत्रका सहयात्रीहरुबाट कतारमा धेरै कुरा सिकेको त्यो सिकेको कुरालाई जिम्मेवारी ठानेर आफुले भुमिका निर्वाह गर्ने बताउदै आगामी दिनमा पनि सधैं साथ, सहयोग र सहयात्राको आशामा रहेको बताएका थिए ।
त्यस्तैगरी कार्यक्रमका सभापती थापामगरले नेपाल जानुहँदै गर्दा उहाँको अभावको महशुस संघलाई भएको र उहाँको संघ प्रतिको मायालाई सम्मान गर्न योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए । संघमा संस्थापक उपाध्यक्ष (२०००–२००१), दोश्रो तेश्रो र चौथो कार्यकाल (२००१–२००४)को अध्यक्ष र वर्तमान सल्लाहकार सदस्य (२०१३–२०१४)मा रहेर गरेको अतुलनीय योगदानको चर्चा गर्नुहुदै स्वदेशमा अझ उच्च स्तरमा उद्देश्यप्रती लाग्नुहुने बिश्वास ब्यक्त गरेका थिए । अन्तमा अध्यक्षले उपस्थितीमा हार्दिक धन्यबाद सहित उहाँको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना र शुभयात्राको कामना गर्दै कार्यक्रमको अन्त्य गरीएको थियो ।
मगर संघ कतारले सुनिल पुनमगरलाई बिदाई
Read Time:4 Minute, 52 Second