राष्ट्रिय कलाकार संगै स्थानिय प्रतिभा, मुना मगर प्रथम

Read Time:3 Minute, 2 Second

देब पचभैया

पाल्पा, भाद्र ९ – श्रीनगर एफ,एम प्रालि तानसेन पाल्पाले आईतबार संचालन गरेको अनलाईन तिजगित प्रतियोगितामा मस्याम पाल्पाकी मुना मगर विजेता भएका छन् । मुनाले २० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

 

उपबिजेता भएका  अर्घाखाची सन्धिखर्कका लिलाराज ताम्राकारले १६ हजार २ सय प्राप्त गरेका छन् । बिजेतालाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर चिरन्जिबि नेपालले पुरस्कार बितरण गर्नुभएको थियो । प्रतियोगितामा पहिलो र दोश्र्रो हुनेलाई ओपल अडियो भिडियो सेन्टरको सहयोगमा निशुल्क एलमब निकाल्ने अवसर प्रदान गरिने श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैयाले जानकारी दिए ।   

राष्ट्रिय कलाकारहरुको माझ टुडिखेल मैदानमा भएको फाईलन कार्यक्रममा ६ जना प्रतिस्पर्धी रहेका थिए । बिगत एक महिना अघि देखि रेडियो कार्यक्रममा टेलिफोन मार्फत स्थानिय कलाहरुले गित गाएर  बिभिन्न जिल्लाका गरी चार सय बढीले सहभागीता जनाएका थिए ।  

प्रतियोगितामा यम्घा पाल्पाका राजन परियार, गुल्मी ठुलोलुम्पेकका गुणदेब थापा, पिपलडाडा ३ पाल्पाकी सपना बिक, र चाप्पानी पाल्पाकी बसन्ती बश्याल सान्त्वना भएका छन् । उनीहरुलाई प्रा.लिका अध्यक्ष भिमसेन कार्कीले २ हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । 

  

प्रतियोगितालाई बैदेशिक रोजगार ब्यवशायी संघ लगाएतका संघ सस्थाहरुले सहयोग गरेका थिए । तानसेन टुडिखेल मैदानमा खुला रुपमा भएको कार्यक्रममा देबी घर्ती मगर , सेमन्तमणी खराल, शोभा सारु गुरुङ्ग, हुम गैरे, प्रेम लामीछाने, निरु सुनार, कृष्ण रानाभाट, बिष्णु ठडराई, सुमन गैरे लगाएतका कलाकारहरुले गित गाएका थिए । कार्यक्रममा तानसेनमा रहेका कलाकेन्द्रहरुको नृत्य समेत रहेको थियो ।

कला र सस्कृतिको जर्गेना गर्दे स्थानिय प्रतिभाहरुलाई माथि उठाउनको लागी बिगतका बर्ष देखि नै श्रीनगर एफ,एम पाल्पाले तिज गित बिशेष कार्यक्रमको आयोजना गरिरहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %