मनोज घर्तीमगर / तस्बीर: बिक्रम राई
नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ । १६ वर्षदेखि हङकङमा बस्दै आएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’श्रोता माझ आएको छ । पत्रकार तथा गीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको ‘आरोही’अल्बममा ६ गीत समेटिएका छन् ।
काठमाडौंको सीटी म्युजियममा ७ भदौमा आयोजित एक समारोहमा अल्बमको नेपाली गायिकाहरु ज्ञानु राणा, कुन्ति मोक्तान, संगीता राना प्रधान, सुक्मीत गुरुङ, सुनिता सुब्बा र मनिला सोताङ सोताङले संयुक्त रुपमा लोकार्पण गरे । लोकार्पणपछि बोल्दै बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले ‘आरोही’ अल्बममा रहेका ६ वटै गीतहरु फरक शैलीको संगीत रहेको बताउँदै गीतकार अनुशील र गायिका सुनिताको कामको प्रशंसा गरे ।
अल्बमको समिक्षा गर्दै गायिका लोचन भट्टराईले सुनिताको स्वरमा आफुले नयाँपन पाएको बताइन् । अनुशीलको शब्द रचना एकदमै उत्कृष्ट रहेको बताउँदै उनले भनिन् “पछिल्लो समयमा आएका गीतहरुमा शब्द, संगीत र स्वरमा त्यति ध्यान दिएको पाइनदैन तर यो अल्बममा सबै कुरामा मिहीनेत गरिएको पाए ।” संगीतकार राजु सिंहले ‘आरोही’ अल्बमबाट नेपाली संगीत जगतले एउटा राम्रो गीतकार र राम्रो स्वर भएकी गायिका पाएको बताए । ‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोकश्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्री सहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ ।
यस अल्बममाफूलमाखोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउमाया…, हावा जस्तो हलुङ्गो मन…,मतलब छैन…बोलकापप, आधुनिक, लोक–आधुनिकगीत छन् । अल्बमलाई सान्ताना रेकर्डले श्रोता माझ ल्याएको हो ।
(थप समचारको लागी साहित्य,कला र खेलको पेजमा जानुहोला)
{youtube}http://youtu.be/4ro9cmuhkLw{/youtube}