देब पचभैया
पाल्पा, भाद्र ४ – श्रीनगर एफ,एम प्रालि तानसेन पाल्पाले संचालन गरीरहेको अनलाईन तिजगित प्रतियोगिताको यही भाद्र ८ गते आईतबार राष्ट्रिय कलाकारहरुको माझ फाईलन कार्यक्रम हुने भएको छ ।
बिगत एक महिना अघि देखि रेडियो कार्यक्रममा टेलिफोन मार्फत स्थानिय कलाहरुले गित गाएर कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यक्रममा बिभिन्न जिल्लाबाट चार सय बढीको सहभागीता थियो ।
जम्मा सहभागी बाट पहिलो चरणमा ३५ जना, दोश्र्रो चरणमा १२ जना र तेश्र्रो एबं अन्तिम चरणमा छानिएका ६ जनाले अन्तिम प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
आगामी ८ गते हुने अन्तिम प्रतिस्पर्धाको लागी मस्याम पाल्पाकी मुना मगर, यम्घा पाल्पाका राजन परियार, गुल्मी ठुलोलुम्पेकका गुणदेब थापा, अर्घाखाची सन्धिखर्कका लिलाराज ताम्राकार, बारुदखान पाल्पाकी सपना बिक, र चाप्पानी पाल्पाकी बसन्ती बिक रहेका छन् ।
उत्कृष्ट हुनेलाई २० हजार नगद र निशुल्क एलबम निकाल्ने अवसर प्रदान गरिने श्रीनगर एफ,एम पाल्पाले जानकारी दिएको छ ।
प्रतियोगितालाई बैदेशिक रोजगार ब्यवशायी संघलगाएत स्थानिय संघ सस्थाहरुले सहयोग गरेका छन् । तानसेन टुडिखेल मैदानमा खुला रुपमा हुने प्रतियोगितामा
देबी घर्ती मगर , सेमन्तमणी खराल, शोभा सारु गुरुङ्ग लगाएत स्थानिय कलाकारहरु र तानसेनमा रहेका कलाकेन्द्रहरुको बिशेष प्रस्तुति रहने छ ।
कला र सस्कृतिको जर्गेना गर्दे स्थानिय प्रतिभाहरुलाई माथि उठाउनको लागी बिगतका बर्ष देखि नै श्रीनगर एफ,एम पाल्पाले तिज गित बिशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।