लुम्बिनी-कपिलवस्तु दिवस अभियानले दुई अन्तरराष्ट्रिय कार्यक्रम आयोजना गर्ने र “बुद्ध बर्न इन नेपाल” फिल्म प्रदर्शन बिषयको समाचार जानकारी र प्रकाशनार्थ प्रेषित
राम कुमार श्रेष्ठ
वुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्न लागिपरेको लुम्बिनी-कपिलवस्तु दिवस अभियान आगामी डिसेम्बर १ मा छैटौ बर्षमा प्रबेश गर्दै गर्दा आफ्नो छैटौ बार्षिकोत्सबको अबसरमा लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित भएर दुई अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वुद्ध जयन्तीको अबसर पारेर बेल्जियममा बिभिन्न बिदेशीहरुलाई समेत सहभागी गराएर वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित भएर बिभिन्न बिषयमा कार्यपत्र पेश गरिने किसिमले अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिनेछ । यस्को लागि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे) प्रो डा कृष्ण पन्थी (नर्बे) प्रो डा मिरोज शाक्य (अमेरिका) डा हरी कुमार श्रेष्ठ (नेपाल) डा मधु कृष्ण श्रेष्ठ (रसिया) ई शंकर गौतम (स्विडेन) दामोदर प्रशाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल ) रहेका छन । मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।
अभियानको छैठौं बार्षिकोत्सब मनाउने क्रममा आगामी डिसेम्बरमा बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउन डा मधु कृष्ण श्रेष्ठ (रसिया) (साहित्यिक नाम मधु माधुर्य) को मूल संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स) उमा सुवेदी (नेपाल) कमला प्रसाई (अमेरिका) भगवती बस्नेत (इजरायल) सानु घिमिरे (अस्ट्रेलिया) सुरेन्द्र लिम्बू परदेशी (भारत) बिमल गिरी (बेल्जियम) बिकल आचार्य (वेलायत) हरि कृष्ण लभली श्रेष्ठ (नेपाल) बिनोद अधिकारी (कुवेत) डा लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) छन । यो मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।
अभियानको छैटौं बार्षिकोत्सबकै सिलसिलामा बरिस्ठ कलाकारहरु निर शाह, मिथिला शर्मा, अमित ढुंगाना, रमित ढुंगाना, न्यास्ली बाशिश, मनिता लामा, असिमा नकर्मी अभिनित ‘वुद्ध बर्न इन नेपाल’ फिल्म अस्ट्रेलियामा प्रेमियर शो गरी बिभिन्न देशमा प्रदर्शन गरिनेछ । यो फिल्मको सल्लाहकारको रुपमा रामकुमार श्रेष्ठ, प्रो क्याथरिन मार्श र भक्त भण्डारी छ भने निर्देशकको रुपमा ज्ञानेन्द्र देउजा ।