नेपाल आदिवासी जनजाती परिषद युएईको पुनर्गठन

Read Time:3 Minute, 27 Second

शुशी पुलामी मगर

आबुधाबी युएई, १६ अगष्ट  नेपाल आदिवासी जनजाति परिषद युएईको पुनर्गठन गरिएको छ ।

परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षतमा गत १५ अगष्ट शुक्रवार परिषदको सचिवालय पेप्सीकोलामा भएको परिषदको ९औ बैठकले उक्त पुनर्गठन गरेको हो । र पुनर्गठन गरिएको परिषदको सचिवालयमा अध्यक्ष हरि बहादुर घर्तिमगर,वरिष्ठ उपाध्यक्ष मोहन कुमार तामांग, उपाध्यक्ष क्रमसस् भिम घिसिंग, सुजन थापामगर र गणेश थारु, महासचिव एलेक्स घले,कोषाध्यक्ष सोनाम्दोर्जे लामा,सचिव आकाश लामा,प्रवक्ता मौसम सुब्बा,सह कोषाध्याक्ष सन्तोस पुलामी मगर रहेका छन ।

त्यसैगरी जातीय समुदाय प्रमुखमा क्रमसः तामांग सन्दिप ग्याबक तामांग,नेवा सुरज श्रेष्ठ,राई कुसमणि राई,गुरुङ जित गुरुङ,सेर्पा सोमु सेर्पा, मगर अजित सलामी थापामगर,थारु विकाश चौधरी,माझि बाबुराम माझि,लिम्बू विवश लिम्बु हुनुहुन्छ भने विभिन्न विभाग प्रमुखमा साँस्कृतिक विभाग दुर्गा लिम्बू,महिला सशक्तिकरण विभाग सृजना लामा,युवा सशक्तिकरण विभाग नवराज गुरुङ,जनसम्पर्क विभाग बिक्कीबाबू लामा र अनुशासन विभागमा अनिल लामा रहेका छन । यसैगरी सचिवालयको सदस्यहरुमा क्रमसः नबिन थापा मगर,माइली स्याम्बो,सुसिला दर्लामी मगर,माया मगर,सेन्जी सेर्पा,सुनिल राई चन्दा मगर र राज तामांग छन ।

प्रमुख समरक्षक सल्लाहकार बिमल तामांग रहेको ७ सदस्यीय समरक्षक एवं सल्लाहाकार समितिमा क्रमस सदस्यहरुमा दिपराज न्योहांग,प्रिथिछक बुढामगर,रामचन्द्र डंगोल,शुशी पुलामी मगर,मदन धिमाल र उद्दव राई छन ।

पुनर्गठन पछी एक प्रश्नको जवाफ दिदै अध्यक्ष हरि बहादुर घर्ति मगरले प्रतिस्पर्द्धात्मक युगमा जीवन्त संघ संस्थामा कार्यसमितिको अफ्डेट भैरहेने जिकिर गरेका थिए ।

साथै सोहि बैठकमा नेपाल आदिवासी जनजाति परिषद युएई द्वारा केरला सोसियल सेन्टर आबुधाबीमा गत ८ अगष्टमा भएको २०औ विश्व आदिवासी दिवश ९अगष्ट कार्यक्रमको समिक्षा पनि गरिएको थियो । समिक्षामा उक्त कार्यक्रम भव्य एवं ऐतिहासिक भएको निष्कर्ष निकाल्दै, कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि,समाजसेवी,भद्र भलादमी,कलाकार, पत्रकार साथै सम्पूर्ण दर्शक महानुभावहरुमा,कार्यक्रम सफल बनाइदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरीएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %