माओवादीको सेखी झार्ने दावी गर्ने दल नै दुई टुक्रा भयो

Read Time:2 Minute, 14 Second

६ पुष
सरकारको समर्थक दलको संयुक्त मोर्चाले माओवादी प्रस्ताव फेल गराउछौ भन्दै बक्तब्यबाजी गरिरहेको बेला भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय साहले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) विभाजन भएको जनाएका छन् । उनले पत्रकार सम्मेलन गरि यो जानकारी दिएकाहुन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट अलग रही ‘मधेस क्रान्ति फोरम’ नामक पार्टी गठन भएको साहले जानकारी दिएकाछन् ।  
मधेसका मुद्दामा फोरम (लोकतान्त्रिक) जिम्मेवार नभएको र संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै उनले आफ्नो नेतृत्वमा गठन भएको पार्टीले मधेसका मुद्दालाई सम्बोधन गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने दाबी गरे।
उनले मधेसका नाममा दलाली गर्नेहरूले मधेसका मुद्दाप्रति संवेदनशील हुनै सक्दैनन् भन्दै मधेसका जनतालाई आफ्नो अधिकारप्रति सचेत बनाउन आफ्नो पार्टी सशक्तरुपमा लाग्ने जानकारी पनि दिए।
उपेन्द्र यादवको नेतृत्वको मधेसी जनअधिकार फोरमका असन्तुष्ट सभासद् र पदाधिकारीलाई लिएर विजयकुमार गच्छदारले झण्डै २० महिना पहिले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए। गच्छदारले माधव नेपालको सरकारलाई सहयोग गरेकाथिए भने उपेन्द्र यादवको संस्थापन पक्षले माओवादीलाई साथ दिदैं आइरहेकोछ ।
विशेष अधिवेशन मार्फत माओवादी एकातर्फ र सरकार पक्ष अर्काे तर्फ भई सिगौंरी खेल्ने तयारी गरिरहेको परिपेक्ष्यमा यो फुट आएको हो । सरकार बनाउन अझै यस्ता ‘चमत्कार’  हुनसक्ने बताइदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %