बेलायतमा २० औं बिस्व आदिबासी दिवस सम्पन्न

Read Time:6 Minute, 38 Second

बिजय हितान  

बेलायत – ‘समानता कायम गर्दै आदिबासी जनजातिको अधिकार कार्यनयन गर’ मुल नाराको साथ बेलायतमा २० औं बिस्व आदिबासी दिवस भब्यताकासाथ सम्पन्न भएको छ।

  

हरेक बर्षको ९ अगस्टमा पर्ने यस अन्तररास्ट्रिय दिवस नेपाल लगायत बिश्वमा छरिएर रहेका नेपाली संघ संगठन लगाएत बेलायतमा पनि नेपाली आदिबासी जनजाती महासंघ सँग आबद्द रहेका जातिय सङठनहरु मिलेर बिभिन्न किर्याकलाप गरी आदिबासी दिवस मनाए। नेपाल आदिबासी जनजाती महासंघ बेलायतको तत्वधानमा सम्पन्न यस आदिबासी दिवसमा बेलायतमा स्थापित १२ वटा जातिय सङ्गठनका प्रतिनिधिहरु लगायत आदिबासी जनजातिको हक र आधिकारको लागि लड्ने राजनैतिक पार्टिहरु, अन्य बुद्दिजिबीहरु, समाज सेवकहरु साथै आ-आफ्नो जातिय पोसाकमा सज्जित अन्य साधारण नागरिकको पनि उपस्थिती थियो।

केन्टको आसफोर्ड सहरमा सम्पन्न यस दिवसमा महासंघका अध्यक्ष श्रीप्रशाद लिम्बु को सभापतित्व र नेपाल आदिबासी जनजाती महासंघका पूर्व सचिव भक्तबहादुर दुराको प्रमुख आतिथ्य रहेको थियो।  साथै अन्य अतिथिमा बरिस्ट गायककार कुबेर राइ र आभा मुकारुङ, आदिबासी चलचित्र ‘चेसुङ’ (कोशेली) निर्मात्री भिस्मा चेम्जोङ पनि अतिथि थिए।

महासंघका महासचिव नरेश काङमाङद्वारा सन्चालित पहिलो चरणको कार्यक्रममा सर्बप्रथम सभापति र प्रमुख अतिथीद्वारा पानसमा बत्ती जलाईएर यसको सुभारम्भ गरियो। त्यसपछी राष्ट्रिय गान र जनजाती आन्दोलनमा प्राणको आहुती दिने ज्ञयात-अज्ञात  सहिदहरुलाइ स्मरण गर्दै २ मिनट मौन धारण गरेर स्रदान्जली प्रकट गरियो। कुबेर, आभा र भिश्मा ज्युलाई वाँहाहरुको गायन क्षेत्र र फिल्म निर्माणमा पुर्याएको देनलाई कदर गर्दै प्रमुख अतिथिको बाहुलिबाट सम्मान पत्र पनि हस्तान्तरण गरियो।

त्यसपछी बिभिन्न बक्ताहरुले आ-आफ्नो मन्तब्य राखेका थिए। याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष डम्बरसिङ् लिम्बुद्वारा सुरक्षा सम्बन्धी जानकारी दिएलगत्तै बिभिन्न बक्ताहरुले मन्तब्य दिने क्रम सुरुभएको थियो।   महासंघका सचिव बिजय हितानमगर द्वारा उपस्थित सयौं जनमानसलाई जनजातिय अभिबादन टक्र्याउँदै, अरुको अधिकार खोस्न न हुने तर आफ्नो अधिकार पनि लिन नछोडने भन्दै स्वागत मन्तब्य दिएका थिए। त्यसैगरी आफ्नो शुभकामना मन्तब्य राख्नेहरुमा जनजाती महिला महासंघकी अध्यक्ष कमला थापामगरले नेपाल आदिबासी जनजाती आन्दोलनको पृष्ठभूमी, ईतिहास र यसको महत्वमाथि प्रकाश पारेका थिए ।

अन्य बक्ताहरुमा भिस्मा चेम्जोङ, शेर्पा समाज अध्यक्ष रिन्जी शेर्पा, सल्लाहकार तथा कानुन्बिद्व चन्डिराज राइ, जनजाती पत्रकार संघका अध्यक्ष बिस्वदिप तिगेला, तमु धि यू के अध्यक्ष कमल गुरुङ, संघिय लिम्बुवान पार्टी नेपाल बेलायत अध्यक्ष लोकेन्द्र तबेबु, संघिय समाजअबादी पार्ती नेपाल बेलायत अध्यक्ष भगवान चाम्लिङ, जनमुक्ती पार्टि नेपाल बेलायत महासचिव कर्मा शेर्पा , किरात याक्थुमा चुम्लुङ महासचिव छत्र बनेम, बरिस्ट साहित्यकार प्रोफेसर कबिताराम श्रेस्ट, नेपाल आदिबासी जनजाती माहासंघ हङकङका पूर्व अध्यक्ष नरहाङ राइ, किरात याख्या चुम्बा उपाध्यक्ष धन लिम्बु थिए ।

त्यसैगरि प्रमुख अतिथी भक्तबहादुर दुराले आफु सचिव रहेर कामगर्दाका दिनहरुको सम्झना गर्दै पहिचान सहितको संघिय सम्बिधाननै आदिबासि जनजातिको अहिलेको प्रमुख अडानरहेकोमा जोड दिंदै  मन्तब्य दिएका थिए । पहिलो चरणको कार्यक्रमलाई महासंघका अध्यक्ष श्रीप्रशाद लिम्बुले बेलायातमा रहेका जनजाती संगठनहरुको एकता, महासंघका अन्य गतिबिधी माथि प्रकाश पार्दै कार्यक्रमलाई सफल पार्न मद्घत पुर्याउने सबै संगठनहरु र उपस्थित महानउभावलाई धन्यवाद दिएर पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

दोस्रो चरणको कार्यक्रममा महासंघसँग आबद्द जातिय सङठनका आ-आफ्न जातिय नृत्य प्रस्तुत गरेर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। जसलाई महिला महासंघकी महासचिव बिमला सुब्बा , सचिव भावना परीस्क्रित सुनुवार र बिजय हितानमगरले सन्चालन गरेका थिए । आभा मुकारुङ र कुबेर राइको सुरिलो स्वरमा जनजातीय राष्ट्रिय गीत ‘हामी आदिबासी, हामी जनजाती’ गाएर दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सुभारम्भ गरिएको थियो।  

अन्त्यमा कुबेर, आभा र भिश्मा ज्युलाई मायाको चिनो र स्थानिय कलाकारलाइ प्रसंसा पत्र हस्तान्तरण गरेर २०१४ को आदिबासी दिवस समापन भएको थियो ।          

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %