हरी बहादुर घर्तीमगर
नेपाल मगर संघ केन्द्रीय समित युएईकी अध्यक्ष शुशी पुलामी मगरको नेतृत्वमा रंगसी ३ रिमुल रोल्पा घर भै हाल कान्ति वाल अस्पताल काठमाडौँमा ब्लड क्यान्सरको उपचार गराई रहेका ११ वर्षीय बालक भुवन घर्तीमगरको उपचार्थ Dhs 31153 नेरु ८५१३१ संकलन गरीएको छ ।
नेपाल आदिवासी जनजाति परिषद युएईको आयोजनामा युएईको राजधानी आबुधाबीको केरेला सोसियल सेन्टरमा भएको २० औ विश्व आदिवासी दिवश ९ अगष्टको उपलक्षयमा गत ८ अगष्ट शुक्रवार भएको कार्यक्रममा उक्त रकम संकलन गरिएको हो । संकलित रकम कार्यक्रमका सभापति हरि बहादुर घर्ति मगर र विशेष अतिथि बिमल कुमार तामांग द्वारा संयुक्तरुपमा ब्लड क्यान्सर पिडित बालक भुवनको बुवा खर्क बहादुर घर्तिमगरलाई कार्यक्रम स्थलमा नै हस्तान्तरण गरीएको छ ।
उपचार्थ रकम संकलन पछी ब्लडक्यान्सर पिडित बालकका बुवा खर्क बहादुर घर्ति मगरले अत्यन्तै भाव विभोर हुँदै उपचार्थ रकम संकलनमा नेतृत्व दायी भूमिका निभाउनु भएकी संघकी अध्यक्ष पुलामीलाई धन्यवाद दिदै तपाई जस्तो सक्षम,कर्तव्यनिष्ठ,जिम्वेवार र भित्रि मनैवाट सामाजिक सेवामा सक्रिय मगर नेतृत्व पाएकोमा युएईका सिंगो मगर समुदाय प्रति गर्व गरेको बताएका थिए ।