कार्यदलको म्याद नथप्ने २७ दलको निर्णय

Read Time:2 Minute, 1 Second

   

काठमाडौ, पुस ५ 

काठमाडौँ, ५ पुस । संविधानमा रहेका विवादित विषय टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलको म्याद अन्ततः नथपिने भएको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको आज बसेको बैठकले सो निर्णय गर्दै संविधानमा देखिएका विवादलाई संविधानसभा र संवैधानिक समितिबाटै समाधान खोज्ने सहमति गरेपछि कार्यदलको म्याद नथपिने भएको हो । 

       बैठकपछि नेपाली काँगे्रसका नेता  एवम् कार्यदलका सहयोगी रमेश लेखकले संविधान लेखनका क्रममा देखिएका शासकीय स्वरूप, न्यायप्रणाली, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली, बहुलवाद, राष्ट्रिय झण्डालगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न बाँकी हुँदाहुँदै पनि २७ दलको बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेको जानकारी दिए  ।

       एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित सो कार्यदलले संविधान लेखनका क्रममा देखिएका २२० विवादित मुद्दामध्ये १२७ मुद्दाको किनारा लगाइसकेको छ ।
   
संविधानमा देखिएका विवादित मुद्दालाई टुङ्गोमा पु¥याउन उच्चस्तरीय कार्यदलको म्याद थप्न नहुने र संवैधानिक समितिलाई नै थप सक्रिय बनाएर विवाद टुङ्ग्याउनुपर्ने एकीकृत नेकपा (माओवादी)को निर्णय थियो । नेपाली काँगे्रस र नेकपा (एमाले)ले भने विवादित मुद्दालाई टुङ्गोमा पु¥याउन म्याद थप्नुपर्ने जिकिर गर्दै आएका थिए ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %