तीन बालबालिका पाँच दिनदेखि बेपत्ता

लमजुङ, ४ पुस
लमजुङको सुन्दरबजार गाविस खत्रिठाँटीबाट तीन जना बालवालिका एकैदिनदेखि बेपत्ता भएकाछन् ।
गत मंसिर २९ गते विहानदेखि हराएका खत्रिठाँटीका ७ बर्षिय भुवन परियार, परेवाडाँडा गाविस २ का दाजु बहिनी ७ बर्षिय मनोज घले र ५ बर्षिय गंगा घलेको अवस्था अझैसम्म अज्ञात छ ।
बालवालिकाको खोजी कार्यका लागि परिवार र आफन्त लागिपरेपनि फेला पार्न नसक्दा अभिभागक चिन्तित बनेकाछन् ।
यता जिल्ला प्रहरी कार्यालयले भने बालवालिका हराएको संवन्धमा कुनै जानकारी नआएको जनाएको छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %