सुनकोसी र भोटेकोसी नदीबाट थप जनधनको क्षति नहोस -प्रेस विज्ञप्ति

Read Time:2 Minute, 32 Second

सिन्धुपाल्चोक जिल्लाको जीरेसुकुटेमा गएको भिषण पहिरोबाट हुन गएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त पहिरोमा परी दिवंगत आत्माहरूप्रति हार्दिक श्रदान्जली प्रकटगर्दै सम्पूर्ण शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । र, साथै भगवान बुद्धसंग धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थना पनि गर्दछौ ।

अझै पनि अवरुद्ध रहेको सुनकोसी र भोटेकोसी नदीबाट थप जनधनको क्षति नहोस भन्ने कामना गर्दै नेपाल सरकारलाई यथाशीध्र प्रभावकारी कदम चाल्न आग्रह गर्दछौ । यस्तो दु:खद विपदको घडीमा देशका बिज्ञहरुको रायसल्लाह सुझाब लिएर काम गरियोस भन्ने पनि चहान्छौ । सो नभए आफ्नो देशमा प्राकृतिक प्रकोप नियन्त्रण गर्ने र बाढी नियन्त्रण गर्ने प्रभावकारी साधान र बिज्ञहरुको कमिभएमा अन्य बाहिरी देशहरुसमेतबाट यथासिध्र झिकाउन पनि कुनै ढिलाई नगरियोस भन्दै “मौकामा हिरा फोरियोस ” भन्ने माग पनि गर्दछौ ।

साथै घटनामा घाईते भएका बिरामीहरुको नि:शुल्क र प्रभावकारी उपचारका साथै मृतकका परिवारहरुलाई भौतिक एबम आर्थिक सहयोग उपलब्ध गराईयोस भन्ने माग पनि गर्दछौ । पहिरोका कारण बिस्थापितभएका जनतालाई पुनर्स्थापना गरियोस । नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत यसरी अहिलेको यो दु:खद घटनामा परेका जनताको घाउमा मल्हमपट्टी लगाउन सरकारले कुनै कसर बाकी नराखोस भन्ने पनि जोरदार माग गर्दछ ।

अन्तमा अब देश र जनताले कुनै पनि क्षति बेहोर्नु नपरोस भन्ने कामना व्यक्तगर्दै उद्धार टोलीलाई उध्दारकार्यमा सरल, सहज र सुरक्षित साथ सफलता मिलोस् भन्ने शुभकामना पनि ब्यक्त गर्दछौ ।

 

कमला थापा

अध्यक्ष

नेपाल आदिबासी जनजाति महिला महासंघ

बेलायत ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %