काठमाडौँ, ४ पुस
प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंहले यही पुस ५ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
सिंहा भोलि काठमाडौँ आउनु हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भोलि अपरान्ह उहाँले सैनिक मञ्चमा अवस्थित “वीर स्मारक” मा माल्र्यापण गर्नुहुने तथा उनको सम्मानमा सम्मान गारत प्रदान गर्ने कार्यक्रम रहेको निर्देशनालयले बताएको छ । तत् पश्चात्, उनले जङ्गी अड्डामा प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै ६ गते बिहान मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गरी उनी पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालय जाने कार्यक्रम छ । ।
पुस ७ गते बिहान काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गरि उनले अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री र रक्षामन्त्रीसँग शिष्टाचार भेटघाट गर्र्नेछन्
सोही दिन साँझ राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहमा राष्ट्रपतिबाट भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।