शुशी पुलामी
२ अगष्ट, आबुधाबी र आगामी ८ अगष्ट केरेला सोसियल सेन्टर आबुधाबीमा, नेपाल आदिवासी जनजाति परिषद युएइको आयोजनामा शु-सम्पन हुन गै रहेको २०औ विश्व आदिवासी दिवश तैयारीको लागि बसेको बैठक पूर्ण रुपमा सम्पन्न भएको छ ।
गत १ अगष्ट परिषदको सचिवालय युएईको आबुधाबी स्थित एअरपोर्टरोड पेप्सीकोलामा २० औ विश्व आदिवासी दिवश तयारि समितिका संयोजक भिम घिसिंगको अध्यक्षतामा बसेको तैयारी समितिको बैठकले उक्त कुराको जानाकारी दिएको हो । तैयारी समितिको बैठकमा सम्पूर्ण तैयारी सम्पन्न भएको जानाकारी दिदै कार्यक्रम संयोजक भिम घिसिंगले आगामी ८ अगष्टमा केरला सोसियल सेन्टर आबुधाबी युएईमा हुने २० औ विश्व आदिवासी दिवशको सम्पूर्ण तैयारी पूर्ण रुपमा पुरा भैसकेको र कार्यक्रम, युएईको सवालामा अहिले सम्मकै उत्कृष्ट हुने हुँदा युएईमा रहेका सम्पूर्ण नेपाली कार्यक्रममा सहभागी हुन निकै आतुर रहेको दावी गरेका छन ।
कार्यक्रममा दर्शकहरुको सुविधालाई मध्यनजर गरेर, आउन र जानको निम्ति यातायातको सुविधा गरीएको छ । जस अनुसार अलेंनवाट वसको लागि निर्मला तामांग ०५५७६५३३६४, मुसफा साविया सोना लामा ०५५५६६१४५२, सलाम सिटी मौसम सुव्वा ०५५९००५१३५, मुसफा भिम घिसिंग ०५५१९८४३३७ र बनियास चाइनाकेम आकास लामा ०५५३८३७२०६ लाई तैयारी समितिले जिमेवारी सुम्पेको छ ।
२० औ विश्व आदिवासी दिवशको सन्दर्भको एक प्रशनको जवाफ दिदै परिषदका प्रवक्ता एवं तैयारी समितिका सदस्य मौसम सुव्वाले, मुलुक संविधान,निर्माणको अन्तिम चरणमा आएको अवस्थामा यो २० औ विश्व आदिवासी दिवशले जातिको ऐतिहासिक थातथलोको आधारमा राज्यको पूनर्संरचना गर्न कोसेढुङ्गा सावित हुने छ भने हामिहरुको विश्वास छ भनेर जिकिर गरे ।
बैठक परिषदका सचिव आकाश लामाले संचालन गरेका थिए भने सचिवालय सदस्य सरोज श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।