यूकेमा ‘गेटपास’

Read Time:2 Minute, 14 Second

मनोज घर्तीमगर/पोखरा ।

ब्रिटिस आर्मी, सिंगापुर पुलिस लगायत लाहुरे बन्न युवाले गर्ने दुःख अधार बनाइएको फिल्म ‘गेट पास’ यूकेमा पहिलो पटक प्रर्दशन हुने भएको छ ।

ब्रिटिस आर्मी बन्न देशभरका हजारौं युवाले गर्ने दुःखलाई फिल्ममा देखाईएको छ । हरेक वर्ष पोखराको ब्रिटिस क्याम्प र पूर्वको घोपा क्याम्पमा खुल्ने ब्रिटिस आर्मिमा १५/२० हजारभन्दा बढीले आवेदन दिए पनि एक सय २६ जना मात्रै छनौट भएपछि बाँकी सबैका दुःख खेर जाने फिल्ममा देखाइएको छ ।

अगष्ट १० मा युकेको प्रीन्सेस थिएटर हलमा प्रर्दशन हुने फिल्म प्रर्दशनको जिम्मा सपन इन्टरटेन्मेन्टले लिएको छ । ब्रिटिस आर्मीमा छनौट नहुने युवाहरुको पढाई ब्रिगने, भर्ती नभएको पीडाले लागु औषध दुव्र्यसीनमा फस्ने गरेको कथा फिल्ममा उतारिएको निर्माता/निर्देशक मनोज गुरुङले बताए ।

मनोज गुरुङ, शान्ती गुरुङ, गौताम गुरुङको संयुक्त लगानीमा बनेको फिल्म गेट पासमा नायक सुरज गुरुङ, प्रतिक गुरुङ, र  रिना गुरुङले डेब्यू गरेका छन् । त्यसैगरि फिल्ममा सोविन गुरुङ, प्रतिक्षा गुरुङ, डिवि गुरुङ, मनोज गुरुङ लगायतको अभिनय हेर्न सकिन्छ । फिल्मलाई निर्देशकको लामो अनुभव बटुलेका माओत्से गुरुङले खिचेका हुन् भने जसु गुरुङले सहनिर्देशन गरेका छन् ।

फिल्मलाई दिपेश गुरुङले सम्पादन गरेका छन भने सगुन श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्म पोखरा र आर्थर डाँडाखर्क गाविस पर्वतमा छायाङकन गरिएको हो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %