मगरको अर्को चलचित्र रैयाँ निर्माण हुदै

Read Time:2 Minute, 58 Second

पुर्ण थापा मगर

जातीय गहना, सुन्दरता र आत्मरक्षाको कवच  

मौलिक भाषा, संस्कृति, रितिरिवाज, परम्पराका धनी मगर जाति— कलाको अत्याधुनिक चलचित्र विद्यामा लङ्घन चलचित्र निर्माण भई २०५१ सालदेखि पाईला चालेको हो ।

 

मगर समाज विविधताको समाज भएको र यस समाजभित्र विभिन्न खोज, अनुसन्धान गरि आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण, सम्वद्र्धन एवम् जर्गेना तथा समयानुकुल परिमार्जन र विकास गर्न आवश्यकता महसुस गरि जनहितकारी एवम् मुनाफा रहित संस्था मगर चलचित्रकर्मी संघ २०६६ सालमा स्थापना गरिएको छ । जसले चलचित्रको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गरि मुलुकको कला र संस्कृतिको विकासलाई टेवा पुर्याउँदै समृद्ध बनाउने प्रयास गरिरहेको छ ।

 

मगर चलचित्र विभिन्न समयमा निर्माण भई आईरहेको छ । लगभग ३५–४० वटा निर्माण भएको भएतापनि केही मगर चलचित्रहरु निर्मँण कै क्रममा छन् । भदौंदेखि सुटिङमा जाने नयाँ मगर चलचित्र रैयाँ (Rainyaa) निर्माणको लागि अहिले पोखरामा वर्कसप तालिम संचालन भईरहेको छ । यसको लागि तनहुँ-स्याङ्जा-गोर्खाका मगरहरु सहभागी भई पहिलो मगर चलचित्रका नायक राज मगरसँग चलचित्र सम्बन्धी ज्ञान लिईरहेका छन् । आफ्नो मगर समाज भित्रका कुराहरु चलचित्र मार्फत प्रस्तुत हुने हुँदा केही गर्नु सक्छु कि भनेर सहभागी भईरहेकी छु— स्याङ्जाकी प्रिया मगर । यसै गरि भूपू सैनिक भए पनि पहिल्यै देखिको इच्छा चलचित्र क्षेत्रमा आएर केही गर्ने चाहना भएको कारण वर्कसपमा आएर सिक्ने अनि मौका पाए भने मगर चलचित्रमा आफ्नो छाप छोड्ने अभिलाषा लिएर आएको छु— दुर्गा मगर ।

 

यो रैयाँ मगर चलचित्र निर्माणको लागि पोखरामा बसोबास गरिरहेका हर्क मगर र तारामाया मगर लागेका छन् भने यसलाई लेखन-निर्देशन मेजन मगरले गर्ने भएका छन् । यस चलचित्रमा कौरा, सालैजो गरि ४ वटा गीतहरु समावेश रहने कुरा निर्माण पक्षले जानकारी गराएको छ भने यसको सुटिङ तनहु-स्याङ्जा र म्याग्दीमा हुने कुरा पनि जानकारी प्राप्त भएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %