राज्यसत्ता ,
बरिष्ठ पत्रकार ,राज्यसत्ता डट्कमका फाउन्डर प्रदान सम्पादक तथा सल्हाकार जेबी पुन मगर लाइ पितृशोक परेकोछ ।
पुन मगरका बुबा मनबहादुर पुन मगरको यहि साउन १३ गते अमेरिकाको न्यूयोर्क स्थित (Elmhurst Hospital) मा ७४ बर्षको उमेरमा निधन भएको हो । पुन मगर केही महिनादेखि श्रीमती माया पुन मगर सहित माहिला छोरा भीम पुन मगरसँग अमेरिकामा बस्दै आएका थिए ।
पत्रकार पुनमगर बुबाको अन्तिम संस्कारका लागि हङकङबाट अमेरिका जानका लागी हस्पिटलले हङकङमा रहेको अमेरिकन कन्सुलरमा मृतकको सबै आबश्यक कागजपत्र पठाइ सकेको मगर संघ यू.एस.एका सल्हाकार सँगीनी राना मगरले राज्यसत्तालाइ जानकारि दिए ।
अमेरिकन भिशा उपलब्ध हुनासाथ बाबाको अन्त्येष्टीका लागी जेबी पुन मगर तुरून्तै अमेरिका जानेछन् ।
भारतीय गोर्खा भू.पू सैनिक पुन मगर केही समय पहिले देखि (Tapworm) बाट पिडीत थिए । अमेरिका पुगेर टाउकोको सफल शल्यक्रिया समेत भएको थियो । मृतक पुन मगरका ७३ बर्षिय श्रीमती , ३ छोरा र २ छोरीहरू छन् ।
यस दु:खद घडिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति धैर्यधराण रहन राज्यसत्ता परिवार भगवान बुद्ध संग प्राथना गर्दछ ।