श्यामार्पाको शव काठमाडौमा,बिहीबार अन्त्यष्टि गरिने

Read Time:2 Minute, 32 Second

राज्यसत्ता

काठमाडौं ,१३ साउन – बौद्ध धर्मगुरु श्यामार रिम्पोचेका पार्थिव शरीर अन्त्यष्टिका लागि काठमाडौं ल्याइएको छ । सरकारले नेपालमा अन्त्यष्टि गर्न अनुमति दिएपछि भारतको रिम्पोचेको पार्थिव शरीरलाई कालिङपोङबाट काठमाडौं ल्याइएको हो ।

फोटो :सेतोपाटी

 

मंगलबार बिहानको मन्त्रिपरिषदको बैठकले अनुमति दिने निर्णय गरेलगत्तै रिन्पोचेको शवलाई ल्याइएको हो । उनको शव बिमानस्थलबाट रानीवनस्थित शरमिनाभ गुम्बा लगिएको छ । दुई दिन अन्तिम श्रद्धान्जलीको लागि राखेपछि उनको अन्त्येष्टी बिहीबार गरिने बताइएको छ ।

भुटानमा जन्मेर नेपालमा प्रसिद्धि कमाएका बौद्ध धर्मगुरु रिम्पोचेको ६१ वर्षको उमेरमा जेठ २८ गते जर्मनीमा हृदयघातबाट निधन भयो । धर्मगुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपालमै गर्ने इच्छा देखाएका थिए । उनको इच्छा वमोजिम शव नेपालमै ल्याउन उनका अनुयायीले सरकारलार्इ निरन्तर अनुरोध गरेका थिए ।

भुटानी प्रधानमन्त्रीले समेत रिन्पोचेको शवलाई काठमाडौ ल्याउने अनुमति दिन नेपाल सरकारलाई पत्र पठाएका थिए ।

बौद्ध धर्ममा कर्मपापछि दोस्रो ठूला धर्मगुरुका रुपमा श्यामार्पा रिम्पोछेलाई मानिन्छ । भुटानमा जन्मेर नेपालमा बसी बौद्ध धर्मको प्रवर्द्दनमा महत्वपूर्ण भूमिका खेलेका रिम्पोछेले काठमाडौंको रानीवनमा करिब ८० रोपनी जग्गामा बौद्ध गुम्बा बनाएका छन् । दिवंगत रिम्पोछे स्यार्मिनुव फाउन्डेशन र योल्मोकाग्यु साङाग् लाछोगहाका प्रमुख संरक्षकसमेत थिए ।

जर्मनीमा मृत्यु भएपछि रिम्पोछेको शव भुटान पनि लगिएको थियो । भुटानी राजपरिवारको इच्छा वमोजिम रिम्पोछेको शव भुटान लगिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %