बेलायतमा १० औ अन्तराष्ट्रिय तेक्वान्दो भब्यरुपमा सम्पन्न

Read Time:3 Minute, 48 Second
रोशन मेवाहाङ– फोक्सटन ,बेलायत
गत २६ र २७ जुलाई २०१४ को दिन बेलायतको रिडिङ्गमा दुई दिने १० औ अन्तर्राष्ट्रिय मैत्रिपुर्ण तेक्वान्दो खुल्ला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगिताको लागी हल्याण्ड,अमेरिका,मेक्सिको,स्पेन,बेलायत,कतार,क्यानाडा,ब्रुनाई,दुबई, साथै नेपाल लगायत २४ अन्तराष्ट्रिय मुलुकहरुबाट ३५ अफिसियल रेफ्रिहरु झिकाईएको थियो । गैर आवासीय नेपाली सघं,जेन मार्शल र सगरमाथा डोजङ्गको संयुक्त आयोजनामा करिव ५५ हजार पाउण्ड कार्यक्रममा खर्च भएको मास्टर राष्ट्र राईले जानकारी गराए ।
यस १० औ अन्तराष्ट्रिय तेक्वान्दा प्रतियोगिता चिफ ग्राण्ड मास्टर जे के सिंह र नेपाली राजदुत कार्यभार तेजबहादुर क्षेत्रीबाट उद्धघाटन भएको थियो । यस भन्दा अघि यो प्रतियोगिता सन २००० मा काठमाण्डौका बिरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र मा तत्कालिन युवराज दिपेन्द्र शाहबाट शुरुवातगरिएको हो । दोश्रो संस्करण पोखरा नेपाल, तेस्रो पोटल्याण्ड अमेरिका,चौथो हङ्गकङ्ग, पाचौ पोटल्याण्ड अमेरिका, छैटौ भारत,सातौ पोर्टल्याण्ड अमेरिका आठौ काठमाण्डौमा, र नवौ पोटल्याण्ड अमेरिकामा भईसकेको मास्टर राजेश राईले बताए । 
यस १० औ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १३ राष्ट्रहरुबाट करिब ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका यस प्रतियोगितामा एक स्वर्ण पदक धरान निवासी अमिता राई सहित सात रजत पदकहरु नेपालबाट आएका खेलाडीहरुले जितेका थिए । सगरमाथा तेक्वान्दो डोजङ्गका अध्यक्ष राष्ट्र राईले निजी स्तरबाट संन्चालन भएको यस प्रतियोगितालाई नेपाल सरकारले चासो र मान्यता राखिदिएमा देश विदेशमा रहेका नेपाली खेलाडीहरुबीच आपसी मित्रताको साईनो अझ सुचारुक रुपमा अगाडी बढनसक्ने संम्भावना र नयां प्रतिभाहरुलाई जन्माउन सकिने विश्वास ब्यक्त गरेका थिए । यस प्रतियोगितामा (आईओएफटिसी) का संस्थापक ग्राण्ड मास्टर दिवाकर महर्जन अमेरिका, साफ गेम्स गोल्ड मेडलिस्ट मास्टर राजकुमार राई क्यानाडा, सिल्भर मेडलिस्ट मास्टर सिता राई अमेरका, र ग्राण्ड मास्टर रमेश गोसाई हङकङ समेतले प्रतियोगितामा सहभागिता जनाएका यो कार्यक्रम एनआरएन बेलायतको उपाध्यक्ष हिराधन राईको संयोजकत्वमा संन्चालित रहेको दुई दिने कार्यक्रम जेन मार्शलको अध्यक्षतामा ग्राण्ड मास्टर ईन्द्र गुरुङ्गले उद्धघोषण गरेका थिए ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %