भाषा विज्ञानमा वढी वुझिने तथा ब्यापक संचारको भाषालाई सरकारी भाषा वनाउनुपर्ने मान्यता छ ।
-डा. योगेन्द्र यादव
१६ कार्तिकमा अव वन्ने संविधानमा नेपाली भाषा नेपालको कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने भनि गरिएको निर्णय एक हिसावले सही हो । नेपालमा ४८ प्रतिशत नेपाली भाषा वोल्छन् । २६ प्रतिशतले अन्य भाषा वोल्छन् । नेपालीभाषालाई केन्द्रिय सरकारले सरकारी भाषा वनाए सैद्धान्तिक रुपमा मिल्छ पनि । जो नेपाली वुझ्दैनन उनीहरुलाई कसरी समेटने , सामाजिक समावेशीको कुरा छ ,अन्तरिम संविधानले पनि स्वीकार गरेको छ । २५ प्रतिशतलाई कसरी राज्यको कामकाजमा समावेश गर्ने त्यो अहिलेको महत्वपूर्ण मुद्धा हो । भाषा आयोग वनाएर अन्यभाषालाई पनि ब्यापक संचारको भाषा वनाउने भन्ने कुरा उठिरहेको छ ।
मधेश तिर भोजपुरी , मैथली लगायत २० वटा भाषा ब्यापक संचार गर्ने अध्ययन अनुसन्धान गरेर गर्नु पर्ने आवश्यकता छ । नेपाली झै यी भाषालाई पनि सरकारी भाषा वनाउन सके सवै जातजातिको न्यायोचित र समान ब्यवहार देखिन्छ । अफिसमा मात्र होइन सरकारी सेवामा पनि समान पहुँच हुन्छ । अन्य भाषालाई पनि समावेश गर्नुपर्दछ ।
अङग्रेजी भाषा अन्तराष्ट्रिय सञ्चारको भाषा भएकोले यसलाई अन्र्तराष्टिय माध्यमको रुपमा अपनाउनु पर्दछ । हाम्रो देशमा मात्र होइन सवै यही भाषाकै अपनिवेश वनेको छ । अङग्रेजी शिक्षा वोलचाल पठनपाठन वुझ्ने मान्छे छन्, अङग्रेजीको स्थान हुनुपर्दछ । कामकाजको रुपमा अङग्रेजी भाषा परराष्ट्र मन्त्रालय साथै अन्य सरकारी कार्यालयमा पनि भैरहेको छ । देशभित्रका लागि होइन विदेश जान अरु कामकाजका लागि पनि यो भाषा प्रयोग भैरहेको छ । वहुभाषी नीति भयो भने नेपाली र अरु भाषाभाषीका लागि संचार सम्पर्कका लागि अनुवाद गरिनुपर्दछ ।
आधारभूत शिक्षा मातृभाषावाटै दिन सकिन्छ । वहुभाषिक शिक्षा नीति हुनुप¥यो । कक्षा १ देखि मातृभाषावाट पढाउनुपर्छ । विस्तारै २ कक्षा देखि ५० प्रतिशत मातृभाषावाट पढाउने नेपाली र अरु भाषा ८० र ३ कक्षा देखि मातृभाषा हटाउदै जाने र सरकारी भाषा वढाउदै लैजाने नीति हुनुपर्दछ । क्रमश यसरी लैजान सकिन्छ । त्यसपछि भाषा एउटा विषयको रुपमा पठनपाठन गर्न सकिन्छ भने पठनपाठनमा अङगेजी पढाउन सुरु गर्नुपर्दछ । सुरुमा भातृभाषावाट पढाइए घर र स्कूलमा पढन सजिलो हुन्छ । कुरा वुझ्न सजिलो हुन्छ । विद्यालय छोडने प्रवृति पनि घट्छ । धेरै विद्यार्थी विद्यालयमा भाषा नवुझेरै छाड्ने गरेकाछन् । त्यसैले यो प्रभावकारी पनि हुन्छ ।
मातृभाषा मात्र सिकेर हुदैन । सरकारी कामकाजको लागि अरु भाषा पनि सिक्नु पर्दछ । विश्व संचारका लागि अंग्रेजी पनि सिक्नु पर्दछ । राम्रा पुस्तक अंग्रेजीमा छन् । अङग्रेजी एउटा पुस्तकालय भाषा पनि हो । अङग्रेजीमा दक्षता चाहियो । लोकसेवा आयोगले अङग्रेजीवाट पनि परीक्षा लिन्छ । सरकारको स्पष्ट पोलिसी नवने पनि विश्वब्यापीकरणको प्रभावले जानुपर्ने भैसकेको छ,अङग्रेजी । अङग्रेजी भाषा संचार र विज्ञानप्रविधिसँग पनि जोडिएको छ । राम्रा मिडिया सवै अङग्रेजी माध्यमकै छन् । विस्तारै नेपालमा पनि अङग्रेजी माध्यमका मिडिया थपिएकाछन् । यिनीहरुले पनि अंग्रेजी भाषाको प्रर्वद्धन गरिरहेका छन् ।
पाकिस्थानमा उर्दु सगै अङग्रेजी ,भारतमा अङग्रेजी र हिन्दी पनि दुवै राष्ट्र भाषा छ । दुवै देश अङग्रेजको उपनिवेश थियो । दुवै देशमा अङग्रेजीको प्रभाव छ । नेपाल उपनिवेशमा परेन । भारत र पाकिस्थानमा दोस्रो भाषा अंग्रेजी भएको छ । आमसंचारमा प्रयोग हुनेभाषा पनि हो । दक्षिण भारत र लखनउको
ब्यक्ति भेट हुदा अंग्रेजी नै प्रयोग गर्दछन् । नेपालमा अङग्रेजी सम्पर्क भाषा होइन अंग्रेजीभाषा पढाउदा पनि नेपाली भाषावाट पढाइन्छ । नेपालमा अङग्रेजी भाषा दोस्रो भाषा वन्न सकेको छैन । तर विदेशी भाषालाई सरकारी भाषा वनाउन सकिन्न । अंग्रेजी भाषा नेपालका लागि विदेशी भाषा हो ।
अंग्रेजी भाषालाई सरकारी भाषा वनाउन ब्यवहारिक कठिनाइ छ । कतिले पो वुझ्छन् र यहाँ १ त्यसैले वहुभाषिक नीति वनाउनु पर्दछ । कुन भाषामा शिक्षा दिने र सरकारी भाषा वनाउने भन्ने कुरा विचार पु¥याउनु पर्ने हुन्छ । संविधानले सवै भाषा राष्टभाषा हुन् भनेको छ । जर्ज अलवर्ट को उपन्यास एनिमल फममा लोकतन्त्र माथि ब्यग्य छ ।
नेपालमा भाषिक विविधता छ । विकासका लागि वोझ होइन सम्पदाको रुपमा लिनुपर्दछ । धेरै भाषा लोप हुदैछ । भाषा कुनै पनि जात जातिको वास्तविक परिचय हो । त्यसलाई संरक्षण गर्नु र जोगाउनुपर्दछ । सम्पदालाई जर्गर्ना गर्नु राज्यको दायित्व हो ।
यादव त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग प्रमुख हुन् ।