काठमाडौँ, १ पुस
काठमाडौँ, १ पुस । तारा एयरको हिजो दुर्घटनाग्रस्त भएको विमानका १९ यात्रु र तीन चालक दलका गरी सबै २२ जनाको शव प्राप्त भएको छ ।
सो दुर्घटनामा मृत्यु हुनेहरुमा टि तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ, टि आर तामाङ, पि जी लामा, के डब्लु लामा र पि तामाङ रहका छन् ।
त्यस्तै जेङ डि शेर्पा, के एन लामा, एल डब्लु शेर्पा, एस वी लामा, टि शेर्पा, टि वाई शेपा पि डब्लु तामाङ, आइ बी तामाङ, टि डब्लु शेर्पा र केल्साङ चोइडक रहेको नेपाली नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सो विमानका चालक दलका सदस्यमा क्याप्टेन अनुपराज शाक्य, सहचालक सचिन्द्र श्रेष्ठ र विमान परिचारिका सदीक्षा गुरुङ रहका छन् ।
केही मृतकको शव टुक्राटुक्रा भएको अवस्थामा भेटिएको बताइएको छ ।
लामीडाँडाबाट काठमाडौँका लागि हिजो दिउँसो उडेको सो विमान उडेको पाँच मिनेटभित्रै सम्पर्कविहीन भई हराइरहेकोमा आज बिहान ६ः३० बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
भएको छ ।
सो दुर्घटनामा मृत्यु हुनेहरुमा टि तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ, टि आर तामाङ, पि जी लामा, के डब्लु लामा र पि तामाङ रहका छन् ।
त्यस्तै जेङ डि शेर्पा, के एन लामा, एल डब्लु शेर्पा, एस वी लामा, टि शेर्पा, टि वाई शेपा पि डब्लु तामाङ, आइ बी तामाङ, टि डब्लु शेर्पा र केल्साङ चोइडक रहेको नेपाली नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सो विमानका चालक दलका सदस्यमा क्याप्टेन अनुपराज शाक्य, सहचालक सचिन्द्र श्रेष्ठ र विमान परिचारिका सदीक्षा गुरुङ रहका छन् ।
केही मृतकको शव टुक्राटुक्रा भएको अवस्थामा भेटिएको बताइएको छ ।
लामीडाँडाबाट काठमाडौँका लागि हिजो दिउँसो उडेको सो विमान उडेको पाँच मिनेटभित्रै सम्पर्कविहीन भई हराइरहेकोमा आज बिहान ६ः३० बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका सवैको शव बिहीबार राजधानी ल्याइएको छ । दुर्घटनामा चालक दलका तीन सदस्य (नेपाली)सहित १८ भूटानी र एक अमेरिकी पासपोर्ट लिएका तिब्बती शरणार्थीको ज्यान गएको छ ।
सुरक्षाकर्मीले बिहीबार अपरान्ह नै मृत्यु भएकाहरुको शव संकलन गरेर राजधानी ल्याएको हो । अधिकांश शव पहिचान गर्न सकिने अवस्थामा रहेको जनाइएको छ । चालक दलका तीन सदस्यको भने पहिचान भइसकेको छ । सवै शवको बिहीबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदैछ ।