रमेश कनौजेमगर, कतार
“मगर जातिको बिकाशको लागि विश्वभरका मगर संघ संस्थाहरु विच समन्वय र सहकार्यता” भन्ने नाराको साथमा नेपाल प्रवासी मगर संघ, दोहा कतारले २०१४ जुलाई ४ शुक्रबारका दिन दोहा स्थित टपफर्म रेष्टुरेन्टमा नेपाल प्रवासी मगर संघले १५औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम सस्थाका अध्यक्ष शरण थापामगरको सभापतित्वमा नेपाल प्रवासी मगर संघ, दोहा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामुमगरको प्रमुख आतिथ्यमा र कतारवासी मगरहरुको वाङ(राजा) केशव रानामगर विशेष आतिथ्यमा संघका महासचिव रमेश कनौजेमगरको सञ्चालनमा गरियो ।
कार्यक्रममा अतिथिहरुमा नेपाल प्रवासी मगर संघ, दोहा कतार(केन्द्रिय समिति)का सल्लाहकार सदस्यहरु देव वहादुर रानामगर, केशव रानामगर, नारायण रानामगर, जनक थापामगर, गिरि काउछामगर मानार्थ सदस्यहरु बबिन राई र टेकबहादुर रसाईली, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष लिलम्वर चिदिमगर, नेपाल प्रवासी मगर संघको दोहा एरिया समितिका अध्यक्ष विवेक पुलामीमगर, सनैया “ए” समितिका अध्यक्ष मिन वहादुर थापामगर, सईलिया एरिया समितिका अध्यक्ष गोविन्द थापामगर, वक्रा एरिया समितिका अध्यक्ष बम थापामगर, अवुहमुर एरिया समितिका अध्यक्ष चित्रसिंह थापामगर, साहनिया एरिया समितीका सचिव राम ब. मगर, गल्फ टाईम्स पत्रिका का संवाददाता तथा पत्रकार उषा वाग्ले गौतम,कला तथा सांस्कृतिक बिभागका कलाकारहरु, केन्द्रिय समितिका सदस्यहरु तथा मगर संघलाई माया गरेर पाल्नु भएका दोहावासी मगर तथा गैर मगर दाजुभाई तथा दिदि बहिनिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्यद्धारा केन्द्रिय समितिका सहकोषाध्यक्ष कृष्ण रानामगरवाट कार्यक्रमको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा सभापती, प्रमुख आतिथि, बिशिष्ट अतिथि र अतिथीहरुवाट कार्यक्रमको ब्यानर अनावरण तथा दियो वालेर उद्घाटन गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई केन्द्रिय समितिका महिला सदस्य खगी पुनमगर र लक्ष्मी घर्तीमगरले खादा लगाई सहयोग गरेक थिए ।
कार्यक्रममा दोहाका विवेक पुलामीमगर, सनैया ए का मिन वहादुर थापामगर, र्सईलियाका गोविन्द थापामगर, वक्राका बम थापामगर, अबुहमुरका चित्रसिंह थापामगरले आ–आफ्नो एरिया समितीको बारेमा जानकारी दिएका थिए भने मगर संघ भित्र रहेको विभिन्न विभागहरु मध्ये भाषा, लिपी, साहित्य अध्ययन तथा अनुसन्धानका संयोजक केशव रानामगरले दोहामा वसेर पनि हामि मगरहरुको भाषा, लिपीलाई अगाडी बढाउनको लागी संस्थाको तर्फवाट विभिन्न प्रशिक्षण भईरहेको जानकारी गराउँदै छिट्टै भाषा कक्षा सञ्चालन पनि गर्न लागेको जानकारी दिए ।
संगठन बिभागका संयोजक तथा कला तथा संस्कृतिक बिभागका उप—संयोजक विजय मगरले दोहामा भई रहेको बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा तथा संस्थागत कार्यक्रमहरुमा यस विभागले मगरहरुको संस्कृतिहरु सालैजो, चुड्का, कौराहा, यानीमाया, सोरठी, झ्याउरे, भुम्याह, डिग्रे आदि नाचहरु प्रस्तुत गरी मगरहरुको कला तथा संस्कृतिलाई अगाडी बढाई रहेको वारेमा जानकारि दिए ।
त्यस्तैगरी आर्थिक बिभागका संयोजक तथा वचत कोषका अध्यक्ष लिलम्बर चिदीमगरले संघको आर्थिक अवस्था तथा वचत कोषको बारेमा जानकारी दिएका थिए भने अनुशासन विभागका संयोजक शेरबहादुर रोकामगरले संस्थाको वारेमा र आचार संहिताको वारेमा प्रष्टाएका थिए । यस्तै क्रममा बिदेश बिभागका संयोजक महेन्द्र थापामगरले बिश्वमा रहेको मगर संघहरु सँग बिभिन्न समयमा स्काईप कन्फ्रेन्स कल मार्फत संस्थाको वारेमा छलफल भईरहेको र नेपाल मगर संघ सँग विभिन्न कार्यक्रमहरुमा सहकार्य गरी अगाडी बढीरहको वारेमा जानकारी दिनुका साथै यस विभागको प्रतिवेदन तयार पारी प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा मगर दिवस सफल बनाउनको लागी सहयोग गर्नु हुने कलाकारहरुलाई खादा ओढाएर प्रशंसापत्रको साथमा संस्थाको लोगो अंकित टिसर्ट पनि मायाको चिनो स्वरुप उपहार प्रदान गरिएको थियो । नवौं कार्यकालका अध्यक्ष भिम तरामुमगरलाई आफ्नो कार्यकाल अत्यन्त सफल बनाएकोमा र संस्थामा दिएको उच्च योगदानको मुल्याँकन गर्दै उनलाई फेटा लगाएर सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।
भेलामा संघका केन्द्रिय समितीका कोषाध्यक्ष लिलम्बर चिदीमगरले दशौं अधिवेशन देखी हाल सम्मको क.री. ८०,७८५ बरावरको आर्थिक प्रतिवेदनलाई भेलाले आवश्यक संशोधनका साथ पारित गरि अनुमोदन गरिएको थियो भने केन्द्रिय समितीका महासचिव रमेश कनौजे मगरले दशौं अधिवेशन देखी हाल सम्मको सांगठनिक प्रतिवेदनलाई पनि यस राष्ट्रिय भेलाले आवश्यक संशोधनका साथ पारित गरि अनुमोदन गरिएको थियो । त्यस्तैगरी नेपाल प्रवासी मगर संघ दोहा कतारको यस भेलाको लागी बिधान संशोधन समितिका संयोजक देववहादुर रानामगरले प्रस्तुत गर्नु भएको संशोधित बिधानलाई आवश्यक संशोधन गर्दागर्दै समय अभावका कारण बिधान पारित गर्नको लागी १३ औं केन्द्रिय समितीको नियमित बैठकलाई अधिकार प्रत्यायोजन गरेको थियो ।
मन्तव्यकै क्रममा प्रमुख अतिथि भिम तरामुमगरले दोहा मगरहरुको वाहुल्यता धेरै भएकोले अझ बृहत रुपमा मगर संघले जनचेतना मुलक कार्यहरु अगाडी लिएर संस्थालाई अगाडी लैजानको लागी सम्पूर्ण मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई संस्थामा आबद्ध भएर सहयोग गर्नुहुन आग्रह गरेका थिए । कार्यक्रममा अन्त्यतिर सभापति शरण थापामगरले यस चौंथो राष्टिय मगर भेला तथा १५ औं वार्षिकोत्सव कार्यक्रममा उपस्थित भएर सफल बनाइदिनु भएकोमा हार्दिक धन्यवाद दिदै कार्यक्रमको बारेमा मन्तव्यका साथ भेलाको कार्यभार नसकेकोले १३ औं नियमित बैठकमा कार्यक्रम जोडने वाचा गरेका थिए ।
साथै कार्यक्रममा बाँकी रहेका ३ वटा प्रस्तावको १३ औं नियमित बैठकमा पारित गरेको साथ बिभिन्न जम्मा ११ निर्णयहरु गर्दै भेला सम्पन्न गरेको थियो ।