विनोद रखाली मगर
स्याङ्जा , असार २९ – देशैभरी आदिवासी जनजातिहरु आफ्नो भाषा, कला , सस्ंकृति तथा मौलिक रहनसहनको जगेर्नामा जुर्मुराईरहेको वेला स्याङ्जा तुलसिभन्ज्याङ् गाविसका आदिवासी जनजातिहरु पनि आफ्नो ठाँउ आफैं वनाऔं भन्ने उद्धघोषका साथ मगर र गुरुङ् जनजातिहरुको वाहुल्यता रहेको ग्रामिण कृषि पर्यटन क्षेत्र पित्लेक, आरुपाटा कृषि पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेका छन् ।
आदिवासी जनजाति समन्वय परिषद्ध , तुलसिभन्ज्याङ्का अध्यक्ष दल वहादुर सिङ्जाली मगरको नेतृत्वमा गएको भ्रमण टोलिमा नेपाल मगर संघका पूर्व स्याङ्जा जिल्ला सचिव तिर्थ कुमार थापा मगर , तुलसिभन्ज्याङ् गाविसका सचिव ढालवहादुर के.सी ., गल्याङ् वहुमुखि क्याम्पसका स्ववियु सभापति खुम वराल मगर , युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएत झण्डै ३५ जनाको टोलिले विभिन्न अवस्था, तथा पर्यटन र आदिवासी जनजातिको सम्वन्ध आदिको वारेमा अध्ययन अवलोकन गरिएको थियो ।
जगतभन्ज्याङ् वडा न. २ मा अवस्थित जिल्लाकै नमुना कृषि पर्यटन क्षेत्र पित्लेक , आरुपाटाको पूर्वमा मल्याङ्कोट , पश्चिममा वालिङ् नगरपालिका, उत्तरमा वालिङ् नगरपालिका र दक्षिणमा केवरेभन्ज्याङ् र वालिङ नगरपालिका ले घेरेको यस क्षेत्र वर्षातको समयमा हरियाली वातावरण तथा प्राकृतिक सौन्दर्यले गर्दा वाह्रय तथा आन्तरीक पर्यटकको मन जित्दै आएको छ ।
माना रोपी मुरी उव्जाउने असारे मौषममा पनि गत २८ गते शनिवार, गल्याङ् देखि तुलसिभन्ज्याङ्का आदिवासी जनजातिहरुको भम्रण टोलिलाई जगतभन्ज्याङ् गाविस कार्यालयमा भव्य स्वागत समेत गरियो । स्वागत कार्यक्रममा जगतभन्ज्याङ् गाविसका निवर्तमान गाविस अध्यक्ष नर प्रसाद रेग्मी , नेकपा एमाले तुलसिभन्याङ् गाविस अध्यक्ष तिर्थ कुमार थापा मगर , भम्रण टोलिका सयोंजक दलवहादुर सिङ्जाली मगर ,गल्याङ् वहुमुखि क्याम्पसका स्ववियु सभापति खुम वराल मगर , जगतभन्ज्याङ् गाविसका सहायक ओम वहादुर थापा मगर लगाएतले जगतभन्ज्याङ् र तुलसिभन्ज्याङ् गाविस विचको वारेमा जानकारी आदान प्रदान गरेका थिए ।
परिचयात्मक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा तुलसिभन्ज्याङ् गाविसको तर्फदेखि जगतभन्ज्याङ् गाविसलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । झण्डै एक घण्टाको स्वागत तथा परिचयात्मक कार्यक्रम प्रश्चात आदिवासी जनजातिहरुको भ्रमण टोलि मुख्य केन्द्रविन्दु पित्लेक आरुपाटा ग्रामिण कृषि पर्यटन क्षेत्रतिर अगाडि वढ्यो । करिव साढेँ एक घण्टाको पैदल यात्रा पश्चात गन्तव्य स्थलमा भम्रण पुगेको भम्रण टोलिलाई आरुपाटाका आमा समुहद्धारा स्थानिय फुलमाला सहित भव्य स्वागत गरिएको थियो । वि.स. २०६६ सालमा स्थापना भएको पित्लेक , आरुपाटा ग्रामिण पर्यटन क्षेत्र खानपान व्यवस्थापन समितिले सांस्कृतिक झलकहरु सहित भुटेको मकै , भुटेको भटमास सङ्गै गुन्द्रुकको अचारको खाजामा तुलसिभज्याङ्का पर्यटकलाई भोकको प्यास मेटाउदै परिचयात्मक कार्यक्रम सम्पन्न गर्यो ।
स्थानिय स्तरमा उत्पादन गरिएका अर्गानिक तरकारीको स्वाद तथा गुरुङ् मगरहरुको सस्ंकृतिमा इट्टा थप्ने काम गरेका थिए । स्वयम्सेविका अमेरिकन नागरिक केरी प्रियसनले, (उनको नेपाली नाम सम्झना गुरुङ् ) नेपाली भाषामै तुलिभन्ज्याङ्का आदिवासीहरुको भव्य स्वागतमा महत्वपूर्ण साथ दिनमा तल्लिन देखिन्थे । सामुहिक खानपान सम्पन्न भए सङ्गै भ्रमण टोलि आरुपाटाका होम स्टे , पुराना घुमाउरे घर , सोलार पम्प , चिहान डाँडा, पित्लेक कालिका मन्दिर , अर्गानिक कृषि नर्सरी , हुदैँ भ्यू पोइन्टको अनुगमनमा रम्न पुगेका थिए ।
करिव साढेँ एक घण्टाको पैदल अवलोकनमा भम्रण टोलि आ आफ्नै धुनमा कोहि सोलार पम्मको निरिक्षणमा त कोही अर्गानिक कफि क्षेत्रमा व्यस्त देखिन्थे । भम्रण टोलिका केहि सदस्यहरु चिप्ले किरा खोजिमा पनि मज्जैले लागेको देख्न सकिन्थ्यो भने कोहि फोटो सेसनमा व्यस्त ।
समुन्द्री सतहदेखि १४०० मिटर उचाईमा अवस्थित चिहान डाडाँ नजिकै पिकनिक स्पोट अवस्थित रहेको उक्त स्थानमै ६ लाख लिटर क्षमताको वर्खे पानि सङ्कलन पोखरी निमार्ण कार्य जारी छ । पित्लेकमा रहेको भ्यू टावर देखि करिव १२ जिल्लाका दृश्यहरु , माछापुच्छ्रे , धवलागिरी , मनास्लु , गणेश हिमाल सेताम्मे हाँसेको पनि सहजै देख्न सकिन्थ्यो । पित्लेकमै ६ पुस्ता अगाडि झण्डै ४८० वर्ष पहिले निमार्ण भएको कालिका मन्दिरले आन्तरिक तथा वाह्रय पर्यटनको मन जितेको सहजै अनुमान लगाउन सकिन्छ । आधुनिक मौरी घार , अस्ट्रेलियन वाख्रा पालन , विभिन्न वोट विरुवाहरुको अर्गानिक नर्सरी तथा व्यवसायिक खेति आदिको जानकारी अनुगमनकर्ताहरुले नव सिर्जना युवा कल्वका अध्यक्ष तिलक गुरुङ् सङ्ग लिनमा व्यस्त थिए ।
भ्रमण टोलिले घुम्दै गर्दा समयले नेटो काटिसकेको थियो । तुलसिभन्याङ्का आदिवासीहरु फकर्ने क्रममा त्यहाँका गुरुङ् मगर हरुद्धारा सालैजो , चुड्का भाकामा निकै मनोरन्जन प्रदान गरेका थिए । आरुपाटाका समाजसेवि तथा पर्यटन क्षेत्र विकाशका अभियन्ता महेश गुरुङ्का अनुसार हाल सम्म तनँहु जिल्ला देखि ६० जनाको भम्रण टोलि , दैलेख जिल्ला देखि ३० जनाको भम्रण टोलि , काठमान्डौ स्थित सामाखुसिको कलेज देखि २५ जनाको भम्रण टोलि लगाएत अन्य विभिन्न जिल्लाका तथा वाह्रय पर्यटकमा जापान, अमेरीका, वेलायत , फ्रान्स लगाएतको देशमार्फत होम स्टेमा विताउन भम्रणकै लागि ३, ४ दिनको लागी यस क्षेत्रमा आगमन भएको उल्लेख गरे ।
भम्रण टोलिलाई स्थानिय समाजसेवि महेश गुरुङ् , सोम प्राद गुरुङ् , आदिले त्यस क्षेत्रको वारेमा विस्तृत जानकारी गराएका थिए । भम्रण टोलिको तर्फदेखि समाजसेवि तिर्थ कुमार थापा मगरले पित्लेक आरुपाटा कृषि पर्यटन क्षेत्र विकाशको लागि सुझाव दिएका थिए । कार्यक्रमको सन्चालन आमा समुहकी अध्यक्ष चन्द्रकला गुरुङ्ले गरेका थिए । भम्रण पश्चात गल्याङ् वहुमुखि क्याम्पसका स्ववियु सभापति खुम वराल मगरले भम्रण निकै उपयोगी भएको ठहर गर्दै तुलसिभन्याङ् गाविसमा पनि आरुपाटा , पित्लेकमा सिकेका कुरालाई अवलम्वन गर्न पहल गरिने उद्धघोष गरे ।
आदिवासि जनजाति समन्वय परिषद् तुलसिभन्ज्याङ्का अध्यक्ष दलबहादुर सिङ्जाली मगरले यो भम्रण आदिवासीको परीवर्तनको लागि भएको भन्दै सस्ंकार र सस्ंकृती तथा आदिवासीको परिश्रमले गर्दा नै पर्यटनको आधार निमार्ण हुने हुदां तुलसिभन्ज्याङ्मा पनि पलहमुलक गतिविधि सन्चालन हुनेमा आफु आशावादि रहेको उल्लेख गरे ।
तुलसिभन्ज्याङ् गाविसका विभिन्न वडाहरु मार्फत प्रतिनिधि समावेश भएको भम्रण कार्यको खर्च तुलसिभन्ज्याङ् गाविसको आदिवासी जनजाति शिर्षक मार्फत आयोजित थियो । तालिम निकै उपयोगी रहेको भम्रण टोलिमा सहभागिहरुले वताएका छन् । विहान ८ वजे गल्याङ् देखि छुटेको भम्रण टोलि राती १० वजे आइपुगेको थियो ।