रोशन मेवाहाङ्ग
बेलायत फोक्सटनर गत ७ जुलाई २०१४ का दिन नेपाल प्रहरीका एसएसपी रमेश खरेलको व्यतिगत भ्रमणमा गएको बेलामा बेलायतको अल्डरसटमा भव्य सम्मान भएको थियो ।
‘आदरणिय मंत्री ज्यु ब्रिफकेस बोकेर शक्ती केन्द्रतिर धाईरहने भष्ट्राचारी प्रहरी अधिकृत हरुलाई बढुवा नदिनु होला’ जस्तो माग राख्दा एक महिना काजमा रहनु परिस्थितिले धकेल्यो त्यहिअवस्थामा भौगोलिक परिस्थितीले छेक्न र रोक्नन सक्ने साचिक्कै नेपाली जनताका हिरो एसएसपी रमेश खरेल बेलायतमा निजी भ्रमण गर्न सफल भो ।
मुलुकमा शान्तिप्रकृयाको निम्ती जहिले पनि सहि नियममा रहि र नेपाल प्रहरीको अनुशासन पालन गरि देशमा भएका गुण्डागर्दी नियन्त्रण,अपराध साथै देशका निम्ती भष्ट्राचार नियन्त्रणमा हरबार अडिक रहिरहने होनाहार नेपाली राष्ट्र सेवक तथा रास्ट्रबादी र राष्ट्र भावना भएका खरेल लाई बेलायतमा रहेका प्रवाशी नेपालीहरुद्वारा जताततै सम्मानै सम्मान मिलेको थियो ।
सम्मान कार्यक्रम यु के अल्डरसटको भेटघाट रेष्टुरेन्टमा रहेको थियो । खरेलले अाफनो बक्तब्यमा कर्तव्य पालनमा कहिल्यै विचलित नहुने बताउदै हाम्रो देश नेपाल र नेपाल प्रहरीको तर्फबाट आफुलाई साथदिएकोमा सवै नेपालीहरु प्रतिआभार ब्यक्त गरेका थिए ।त्यस्तै गरेर बेलायतबासी नेपालीहरुमा प्रवाशमा रहेपनि नेपाल प्रतिको मायामोह, चासो र चिन्ता देखेर आफु गौरम्वित रहेको कार्यक्रम संयोजक गैर आवसीय संघ एन आर एन बेलायतका उपाध्यक्ष हिराधन राईले बताए ।
विशेष सम्मान तथा रात्रिभोज कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघ बेलायतका उपाध्यक्ष बरिष्ठ पत्रकार विश्वासदीप तिगेला साथै संघिय मासिक पत्रिकाका प्रधान सम्पादक सुरेन्द्र ईङ्गनाम तेस्तै गरेर अवकास प्राप्त तथा बहालमा रहेका विट्रिस आर्मिका कमिशनरहरु क्रमश मेजर दिलकुमार राई, मेजर ध्यानकुमार राई, मेजर योगेश राई, मेजर रुद्र शाहि, मेजर ईन्द्र राई,तमुधि यु के का अध्यक्ष कमल गुरुङ्ग, मगर संघका अध्यक्ष दुत पुन,बिबिसी नेपाली सेवाका संन्चारकर्मी सुमन खरेल त्यस्तै गरि ३५ भन्दा धेरै बिभिन्न सङ्घ संस्थाहरुबाट प्रतिनिधी हरुले उपस्थित जनाएका थिए ।
कार्यक्रमको अन्त्यमा पुर्व नेपाल प्रहरीका डि एस पी तथा हाल नेवार सङ्घ बेलायतका महासचिव शिवजी श्रेष्ठले यस अनौपचारिक कार्यक्रममा उपस्थित नेपालीपन,नेपाली समाज र नेपाली भूमिलाई सम्झि सम्मान कार्यक्रममा उपस्थित भईदिनु भएकोमा धन्याबाद ज्ञापन गर्नु भयो । करिब चार घण्टा लामो चलेको उक्त कार्यक्रमलाई गीतकार ईश्वर चाम्लिङ्गले सन्चालन गरेका थिए ।