काठमान्डु , मगर भाषा साहित्य सर्जकलाई हरेक बर्ष रु.५,०००/- थप्दै बार्षिक जीबसीम साहित्य पुरस्कार रु.४०,०००/-प्रदान गरिदै आएको भविष्यमा रु.२,००,०००/- पुरस्कार राशी पुर्याउने लक्ष्य र मगर साहित्यमा मगरपन सम्बन्धी छलफल, अन्तरकृया , गोष्ठि गरि मगर साहित्यको विकासमा योगदान पुर्याएकोले मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानलाई पुरस्कार राशी वृद्धिको लागि मगर संघ युकेद्धारा रु.१,००,०००/- (एक लाख) प्रदान गर्यो ।
मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुन मगरद्धारा स्थापित जीबसीम नवप्रतिभा साहित्य पुरस्कार रु. १०,०००/- हरेक बर्ष प्रदान गरिन्छ ।
मगर संघ युके सांस्कृतिक विभाग सचिव अनिता राना मगरले प्रतिष्ठानका कोषाध्यक्ष पुरन थापा मगरलाई रकम हस्तान्तरण गरे । नेपाली संगीतका मास्टर मित्रसेन थापा मगर स्मृति प्रतिष्ठानलाई पनि रु.१,००,०००/- (एकलाख) प्रदान गरेको थियो ।
नेपालमा मगर समाज जनसङख्याको हिसाबले तेष्रो ठुलो जाती भए पनि साहित्यमा आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान र संगीतमा मास्टर मित्रसेन थापा मगर स्मृति प्रतिष्ठान मात्रै चलायमान प्रतिष्ठान हुन् । केहि बर्ष अगाडी देखि नेपालका प्रथम शहिद लखन थापा मगरको पनि प्रतिष्ठान रहेता पनि आर्थिक अभावका कारण आन्दोलन अगाडी बढ्न सकेको छैन । यो प्रतिष्ठानलाइ पनि सबैको उत्तिकै सहयोग चाँहिने हुँदा सबैको ध्यान पुग्न जरूरी छ ।