भक्तपुर, २९ मङ्सिर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नयाँ सरकार गठनका लागि नियमावली परिवर्तन गर्नुपर्ने बताएकाछन ।
आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री निर्वाचनलाई नियमावली परिवर्तन गरेर जानुपर्दछ, नियमावली नबदलेसम्म प्रधानमन्त्रीको टुङ्गो लाग्न सक्दैन भने ।
परिवर्तित नियमावलीले प्रधानमन्त्रीको निर्वाचन गर्ने र त्यही निर्वाचनले नयाँ सरकार बन्ने उनले बताए ।
अध्यक्ष विजुक्छेले पुुस ४ गतेदेखि सञ्चालन हुने अधिवेशनमा बजेट पास हुनेबारेमा छलफल नभई प्रधानमन्त्री चयनबारे छलफल हुने बताए ।
कार्यदलको समय थप गर्ने बारेमा ठूला दलभित्रै मत बाझिएको उल्लेख गर्दै उनले कार्यदलले निर्णय गर्नुपर्ने ८३ वटा बुँदामा असहमति रहेकाले छलफलबाट टुङ्ग्याउनका लागि दुईसाता समय लाग्ने बताए ।