कमल चौधरी
बुटवल – जीत बहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानको आयोजना तथा मगर लेखक संघ लुम्बिनीको सह– आयोजिनामा शनिबार बुटवलमा एक कार्यक्रमका बीच मगर साहित्यमा मगरपन शिर्षक विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मगर साहित्य के हो ? मनव जिवनमा साहित्य किन आवश्यक हुन्छ । यी विषयबस्तुमा अधारीत भएर अन्र्तक्रिया कार्यक्रम भएको हो । बस्तममा भाषा सहित्य एउटा यस्तो मानव जिवनको अभिन्न ऐतिहासी भाषिक संस्कृतिलाई उजगार गर्ने माध्यम हो । जसले साहित्य र चलचित्रमा मिथक, लोककथा, जीवन दर्शन, संस्कृति चालचलन आदि मार्फत कुनै पनि जाति विशेषको सहित्यपन दार्शउने माध्यमको रुपमा साहित्यले गरेको हुन्छ । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष लाफा मगरले सहित्यमा मिठास हुनुपर्दछ । मनिस जुनसुकै राजनैतिक पार्टीसंग अवद्ध भएपनि आफ्नो जाति, भाषा, संस्कृतिको ऐतिहासिक पहिचान झल्किने किसिमको हुनुपर्ने बताउँछन् । उनले भने –“ म एउटा मगरको छोरो हुँ । त्यसैले मेरो सहित्यमा मगरपन हुनुप¥यो । यसरी हाम्रो समुदायको सामाजिक संस्कृतिक झल्किनुपर्छ । अनि मात्र हाम्रो मगर साहित्यमा मगरपनको महशुस हुन्छ ।” उनले –“सहित्य मानव जिवनको एउटा जिउने कला हो । यसले मानव समुदायलाई मात्र नभएर एउटा समाज र राष्ट्रलाई सहित्य मार्फात जिउन सिकाउने कला हो ।” प्रोफेसर शोभा चन्दले भने –“कुनै पनि भाषा संस्कृति जोगाउनु हाम्रो दायित्व हो । यदी कुनै जाति, समुदायको एउटा भाषा लोप हुनु भनेको मानव जिवनको अस्तित्व मेतिनु हो ।” उनले भने जैविक विविधतामा जुन रुपमा जिवन चक्र चलिरहन्छ ।
यदी कुनै एउटा चक्रको असरले सम्पुर्णलाई असर पर्छ । भने त्यस्तैनै कुनै पनि एउटा ठाउँको कुनै एक जातिको भाषा लोप हुदाँ सिङ्गै भाषा सहित्यमानै असर पुग्ने बताईन् । यस्तै सहभागिहरु संगको अन्र्तरक्रिया कार्यक्रममा प्रोफेसर शोभा चन्दले मगर साहित्यमा मगरपन भनेको के हो ? भन्ने प्रश्न गरेकी थिइन् । उनले गरेको प्रश्नमा मगर लेखक संघ नवलपरासीका अध्यक्ष लिला रानामगरले कुनै न कुनै रुपमा मगर सहित्यमा मगर समुदायको समाजिक संस्कृतिक महत्व झल्किने किसिमको साहित्य हुनुलाई नै मगर साहित्यमा मगरपन हुनु भनेको बताईन् । उनले आफूले प्रयः लेख्ने सहित्य र लेखहरुमा आफ्नै मौलिक भाषा संस्कृतिहरु गुन्द्रुक, सिन्की जस्ता स्थानीय परिवेशषलाई समेतेको हुदाँ अफूले लेखेको लेख रचनामा मगरपन झल्किने खालका हुने गरेको बताईन् । तर मगर लेखक संघ कपिलबस्तुका अध्यक्ष शिव कुमार बुढाले देखाउती रुपमा मात्रै प्रस्तुत गरिएका लेख रचनाले मगरपन नझल्किने बताउँछन् । उनले मगर पन हुनको लागी अन्र्तर हृर्दयदेखिनै मगर समुदायको पहिचान झल्किने किसिमको हुनुपर्ने बताउँछन् । त्यस्तै मगर चलचित्र कर्मी संघका केन्द्रीय कोषाध्यक्ष शंकर गाहामगरले मगर जातिको छुट्टै अस्तित्व र इतिहास रहेको र साइनो अनुसार ढोग, अतिथि सत्कार गर्नु जस्ता साहित्यमा फरकपननै मगर पन हो भनेका थिए ।
नेपाल मगर लेखक संघ, अञ्चल समिति लुम्बिनीको सहआयोजन तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक अनुदानमा रहेको अन्र्तक्रिया कार्यक्रममा मगर लेखक संघका महासचिव उजिर मगर, महेन्द्र थापा, चोपलाला राहुल लगाएतले अन्र्तक्रिया कार्यक्रममा मगर पन विषयमा आ–आफ्नो धारण राखेका थिए ।
सो कार्यक्रममा नेपाल मगर लेखक संघ लुम्बिनी अंचल अध्यक्ष दिल पुन मगरको अध्यक्ष, मगर लेखक संघ नवलपरासीका अध्यक्ष लिला रानामगरको स्वागत र जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष लाफा मगरलको संचालनमा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।