पारसविरुद्ध चितवन प्रहरीमा मुद्दा दर्ता

Read Time:3 Minute, 2 Second

चितवन, २८ मङ्सिर । पूर्वयुवराज पारस शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ ।  

    गोली प्रहार गरी उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वार्इं रुबेल चौधरीलाई ज्यान मार्ने उद्योग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको हो ।

    चितवनको टाइगरटप्स होटलका पाहुना रुबेल चौधरीलाई गत शनिबार राति हतियार देखाएर ज्यान मार्ने उद्देश्य राखेको भन्दै एक प्रहरी सहायक निरीक्षकका नामबाट पारस शाहविरुद्ध मुद्दा दर्ता भएको हो ।

    प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा  दर्ता नं १६६ रहेको मुद्दामा चितवनका प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले आवश्यक कारबाही गर्नुभन्ने तोक आदेश लगाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको विषयमा कुनै जानकारी दिएको छैन ।

    प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी त्यसैको आधारमा प्रहरीकै नामबाट पारसविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको हो ।
    
    चितवन प्रहरी कार्यालयले भने आफूहरुले त्यसबारे केही भन्न नमिल्ने वताएको छ ।

‘यसबारे हामीले केही भन्न मिल्दैन’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविराज खड्काले यो विषयमा आफूहरु बोल्न नमिल्ने बताए ।

    उनले भने–‘घटनाको विषयमा एकै ठाउँबाट मात्र सूचना दिनुभन्ने माथिको आदेश छ ।’

 चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले मुद्दा दर्ताको विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी आइनसकेको बताए  ।

    गत शनिबार राति पारस शाहले परराष्ट्रमन्त्री सुजाता कोइरालाका छोरी ज्वार्इं, नाति र अन्य साथीहरुमाथि हवाई फायर गरी दुव्र्यवहार गरेका थिए ।

    पीडितका पक्षबाट जिल्ला प्रहरीमा मुद्दा दर्ताका लागि छलफल भइरहेको उपप्रधानमन्त्री कोइरालाको स्वकीय सचिव हरि ढुङ्गानाले बताए ।

    आजै साँझसम्ममा कहिले मुद्दा दर्ता गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने उनले बताए  । उनका अनुसार नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग छलफल गरी मुद्दा दर्ताको विषयमा टुङ्गो लगाइनेछ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %