मगर संघ अमेरीकाको बार्षिक उत्सव कार्यक्रम

 

 
 
 
 
 
  About Us:
Magar Association USA, Inc. is a non-profitable, non-political, charitable and humanitarian organization. We have been organizing various cultural activities during annual programs in summer time, fundraisings, and gathering with member/friends. We also have been participating in many events organized by other communities. Also, programs and projects in Nepal in partnership with local NGOs and Community.

For More Info, Please Visit Our Website: http://magarusa.org

 
 

सम्पूर्ण नेपाली सस्कृति प्रेमीज्यूहरु, 

झोर्लाङ, मिझोर अनि नमस्कार !

लामो समय देखि निरन्तर यहाहरुको सुझाब, सल्लाह, सहयोग र सहभागिताको कारणले “मगर संघ अमेरिका” १०औ वार्षिक उत्सब संगै ९औ लाईभ दोहोरी साँझ सम्म आई पुगेको छ | यहि जुन २८, तारिख २०१४ अथवा यहि आउदो शनिवार लोङ्ग आईसलैंड सिटि न्युयोर्को फाईभ स्टार बक्वीट हल (Five Star Banquet Hall, 31-05, 43rd Ave, Long Island City, NY-11101) मा “बिभिद सास्कृतिक तथा ९औ लाईभ दोहोरी साँझ कार्यक्रम २०१४” मा तपाईहरुलाई भरपुर दोहोरीको मनोरन्जन दिलाउन नेपाल देखि लोकप्रिय दोहोरी गायिकाहरु द्वोय “संगीता थापा मगर र सृजना बिरही थापा” न्युयोर्क आई सक्नु भएको छ भने वहाहरु संग दोहोरीमा घम्सा घम्सी गर्न न्युयोर्कको सुमन बुढामगर र बोस्टनको मिन केसी ज्युहरु तम्तयार हुनु हुन्छ | त्यसैगरी कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन न्युहेम्सायर देखि सु-प्रशिध्द गायक जगदीश समाल मगर र क्यालिफोर्निया देखि लोकप्रिय कार्यक्रम संचालक टिका पुन मगर आउदै हुनु हुन्छ | साथमा तपाईहरुकै लोकप्रिय गायक तथा कार्यक्रम संचालक राजेश थापा र लोक दोहोरी गायिका मंजु पुन अनि नृत्य निर्देशक राज कुमार पुन ज्युको बेजोड प्रस्तुति र न्युयोर्कका ख्यातिप्राप्त नृत्य निर्देशक द्वोय बिजय नकर्मी (बसन्त डान्स सेन्टर) र धरमबिर लामा (झंकार डान्स सेन्टर) द्वारा तयार परिएको र अरु थुप्रै प्रतिभावान कलाकारहरुको प्रस्तुति हेर्न आउन नभुल्नु होला | टिकट तपाई आफैले अनलाईन बाट पनि किन्न सक्नु हुनेछ |

|| मगर संघ अमेरिका ||