युएईमा प्रथम सहिद लखन थापामगर क्लव स्थापना

Read Time:4 Minute, 42 Second

शुशी पुलामी युएई

२४ जुन – युएईमा पहिलो पटक प्रथम सहिद लखन थापामगरको स्मृतिमा ”प्रथम सहिद लखन थापामगर” क्लव स्थापना भएको छ ।
नेपाल मगर संघ युएईका वरिष्ठ उपाध्यक्ष राम थापामगरको सभापतित्वमा नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष हरि घर्तिमगरको प्रमुख आतिथ्यतामा र जन प्रगतिशील मोर्चाका उपाध्यक्ष समर बहादुर खत्री,नेपाल मगर संघ युएईका उपाध्यक्ष कैलाश पुन मगर,परिषदका मगर समुदाय प्रमुख राम मगरको आतिथ्यतामा गत २० जुन शुक्रवार आबुधाबीको आइकाटमा भलिवल खेलाडीहरु समेत रहेको वृहत भेलाले उक्त क्लवको स्थापना गरेको हो ।
भेलाले उक्त प्रथम सहिद लखन थापा मगर क्लव संचालनको निम्ति, खेलाडीहरुको समावेशीतालाई मध्यनजर गर्दै लगभग सवै जातिको प्रतिनिधित्व हुनेगरी कार्य समिति चयन गरे पनि, प्रत्यक्ष नेपाल मगर संघ युएईले यसको रेखदेख गर्ने र क्लवको अध्यक्ष नेपाल मगर संघ युएईका खेलकुद विभाग प्रमुख हुने गरी संघका खेलकुद विभाग प्रमुख प्रिथा थापामगरको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसमा उपाध्यक्ष धन बहादुर सुनार,उपाध्यक्ष श्रीराम थापामगर,कोषाध्यक्ष कोक बहादुर रानामगर, सह (कोषाध्यक्ष विर बहादुर थापामगर,सचिव वशन्त रानामगर,सह(सचिव मन बहादुर बिक थिए भने सदस्यहरुमा वीर बहादुर थापामगर,गणेश वली,रमेश लिम्बु,दुर्गा बहादुर सुनार,सोनाम तामांग,प्रकाश बस्नेत,मोहन गुरुङ,राजेन्द्र तामांग,कैलाश पुनमगर,लाल बहादुर बिक छबी रानामगर,विमल आलेमगर हुनुहुन्छ । यसैगरी हरि घर्तिमगर प्रमुख सम्रक्षक रहेको ७ सदस्यीय सम्रक्षक समिति पनि निर्माण गरेको छ । जसको सदस्यमा राम थापामगर,कैलाश पुन मगर,प्रकाश बस्नेत दुर्गा बहादुर सुनार,धन बहादुर सुनार र समर बहादुर खत्री रहनु भएको छ ।
भेलाले मुस्लिमहरुको इद रमादान छुट्टीको अवसर पारेर आगामी जुलाई ३० र ३१ मा आइकाटको कबडहलमा “प्रथम सहिद लखन थापामगर स्मृति भलिवल कप खेलाउने निर्णय गर्दै, करिव १ दर्जन भन्दा वढी भलिवल टिम यस प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ ।
क्लवको अध्यक्षको जिम्वेवारी पाए पछी अध्यक्ष प्रिथा थापामगरले भन्नु भयो, युएईमा विभिन्न नामका धेरै संघ सँस्था रहेपनि खेलकुदलाइनै मध्यनजर गरेर क्लब स्थापना भएको सायद यों नै पहिलो हो ्र हामीले यो क्लब प्रथम सहिद लखन थापामगरको सम्मानमा स्थापना गरेका हौ । यो क्लब स्थापना पछी प्रवाशवाट थोरै भए पनि हामीले प्रथम सहिदहरुको सम्मान गर्दै खेलाडीहरुको कला।सिपर योग्यतामा इँटा थप्न सक्यौ कि भन्ने हाम्रो वुझाई छ ।
साथै युएइमा रहनुभएका भलिवल खेलाडीहरुले आफ्नो वलिवल टिम वनाएर यथासिघ्र “प्रथम सहिद लखन थापामगर भलिवल स्मृति कप” आयोजक समितिका संयोजक एवं क्लवका अध्यक्ष प्रिथा थापामगर ०५५४८४९३४० सचिव बसन्त रानामगर ०५५११५१०४६ मा सम्पर्क गरी आफ्नो टिम दर्ता गराउन हुन समेत आयोजक समितिले अनुरोध समेत गरेको छ ।
सचिव वसन्त रानामगरले संचालन गरेको भेलालाई कोषाध्यक्ष कोक बहादुर रानामगरले स्वागत मन्तव्य दिएका थिए भने समर बहादुर खत्री,कैलाश पुनमगर,राम मगर,धन बहादुर सुनारले शुभकामना मन्तव्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %