काठमाडौँ, १८ असोज । बहुदलीय संवैधानिक राजतन्त्रको स्थापना र हिन्दु अधिराज्यको घोषणा हुनुपर्ने अवधारणा सहित “राष्ट्रवादी जनता पार्टी” स्थापना भएको छ ।
नवगठित पार्टीको अध्यक्षमा कृष्णप्रसाद शाही छन् । राजधानीमा आज पार्टी गठन तथा पार्टीको भावी रणनीतिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले नेपाललाई हिन्दु अधिराज्यको घोषणा गर्ने अभियानमा पार्टीले सशक्त कदम चाल्ने बताए ।
सो पार्टीको उपाध्यक्षमा दोर्जे लामा, सचिवमा अनिल क्षेत्री, कोषाध्यक्षमा सुरेशकुमार क्षेत्री र ११ जना सदस्य रहेका छन् । रासस