तिन कुरा मन पर्दैन जुन गर्न परीरहेको छ : घले

Read Time:3 Minute, 27 Second

भिम बरही मगर, हंगकंग, एनआरएन हंगकंगले केन्द्रिय अध्यक्ष शेष घलेलाई याउ मा तेइ कम्युनिटी हलमा कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । प्रमुख अतिथिको रुपमा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिन कुरा मन नपर्ने तर गर्न परीरहेको बताए । पहिलो, बिदेश भ्रमण गर्न मन नपर्ने तर यसरी विदेश हिड्न परीरहेको छ भने, दोस्रो स्टेजमा गएर बोल्न मन नपर्ने यसरी बोलिरहनु परेको छ र तेस्रो राजनिति गर्न मन नपर्ने, तर पार्टीगत नभए पनि एन आर एनको पनि आफ्नै राजनिति भएको हुनाले राजनिति गर्नु परेको बताए । साथीहरुले अहिले तुरुन्तै नतिजा देखिने खालको कार्यक्रम गर्न सुझाए पनि आफु त्यस पक्षमा नभएको र सवै कुरा विस्तारै योजनाबद्ध तरीकाले गर्ने बताए । त्यसैले पहिलेको समितिले निर्णय गरे अनुसार नेपालमा एनआरएनको भवन बनाउने भन्ने रहेकोले त्यसको कार्यन्वयनको लागि काम गरी रहेको जानकारी दिए ।
सभापतिको रुपमा एनआरएन हंगकंगका अध्यक्ष दुर्गा गरुङले सम्बोधनको क्रममा हंगकंगबाट भवनको लागि १७ लाख नेपाली उठाई सकिएको र यो क्रम जारी रहने बताए । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरले जिबा लामिछानेज्युले एनआरएन कार्ड नलिइकनै केन्द्रिय अध्यक्ष हुनु भएको बताउदै अहिलेको केन्द्रिय अध्यक्ष शेष घलेज्युले उक्त कार्ड लिनु भएको छ कि छैन भनेर जिज्ञासा राखेका थिए । त्यसको जवाफ अध्यक्ष घलेले नदिएपछि अध्यक्ष गुरुङले नेपालको संविधानत हामी सवै कार्ड भए पनि नभए पनि एनआरएन हो भनेका थिए । एनआरएनले जनविद्युत लगायत अन्य क्षेत्रमा पनि लगानीको लागि योजना बनाएको थियो र हंगकंगबाट पनि लगानी गर्ने ब्यक्तिहरु रहेका छन । लगानीको बारेमा जिज्ञासाको जबाफ दिदै अध्यक्ष गुरुङले जसले पैसा लगानी गरेको छैन उसलाई पैसा कहाँ र कसरी लगानी भएको छ भन्ने कुरामा किन चासो चाहियो भनेका थिए । जसले लगानी गरेको छ उहाँहरुलाई सवै जानकारी छ भन्दै लगानी बारेमा स्पष्ट पार्न चाहेनन । यस्तो ठाउँमा यसरी लगानी भएको छ आउनुस लगानी गरौ भन्नु पर्नेमा लगानीको बाटो नै छेकेर अध्यक्ष गुरुङले गैर जिम्मेवार तरीकाले बोलेको भन्ने चर्चा चलेको थियो ।
महासचिब गंगा राई र विनय शाहको सञ्चालनमा उपाध्यक्ष टीका गुरुङले स्वागत मन्तब्य दिएकी थिइन । अतिथि तथा बिशेष अतिथिमा एसिया कोअडिनेर गंगाराज राई लगायत रहेको थिए ।    
   

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %