रक्त क्यान्सर बिरामी सीता थापालाई दि हिमालयन अगनार्इजेसन यु केको सहयोग

Read Time:3 Minute, 33 Second

राज्यसत्ता बेलायत

तनहुँ जिल्ला काहुँ शिवपुर गाबिस वडा नं ५ निवासी पदम बहादुर थापाकी श्रीमती २२ बर्षीय सीतामाया थापालाई शिघ्र श्वास्थ्य लाभको सुभकामना सहित राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन दि हिमालयन अर्गनाईजेसन बेलायतले आर्थिक सहयोग गरेको छ । जनमुक्ति पार्टीको संसदीय दल कार्यालय सिंहदरबारमा पार्टीका सभासदद्वय शिवलाल थापा र सीमा कुमारी बिकको प्रमुख अतिथ्यतामा अनौपचारिक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको छ । उनको उपचारको लागि यु केमा बसोबास गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संघीय सभा सदस्य मित्र बहादुर थापाको सक्रियतामा यु केमा रहनु हुने पार्टीका कार्यकर्ताहरुबाट संकलित रकम रु ४३,४७०/- अक्षेरुपी तिर्चालिस हजार चार सय सतरी रुपैयाँ र राजमुपा तनहुँका सदस्य ढोल बहादुर आले हाल यु के र राजमुपा तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सचिब भुवन सिङ थापाबाट रु एक, एक हजार गरी जम्मा रु४५,४७०/- अक्षेरुपी पैंतालिस हजार चार सय सत्तरी रुपैयाँ माननीय सभासद तथा पार्टीका बरिष्ठ उपाध्यक्ष शिवलाल थापाबाट हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ । सो कार्यक्रममा पार्टीका उपाध्यक्ष रबिन्द्र सुनार, स्थाई समिति सदस्य गंगा खासु, राजमुपा तनहुँका अध्यक्ष मन्धरी आले, युवा मोर्चाका केन्द्रिय अध्यक्ष बोम दर्लामी, बिद्यार्थी मोर्चाका केन्द्रिय उपाध्यक्ष मिन बहादुर थापा, सभासद सीमा कुमारी बिक को स्वकीय सचिब शिद्धार्थ तामाङ्ग तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सचिब भुवन सिङ थापा र पार्टीका भात्री संगठन भूपु सैनिक संगठन जिल्ला सदस्य तिलारम आले सहभागी थिए । युवा मोर्चाका केन्द्रिय अध्यक्ष बोम दर्लामीले कार्यक्रम संचालन गरेका थिए ।
२२ बर्षीय सीतामाया थापा गत वर्ष २०७० माघ महिना देखि ल्युकेमिया नामक रक्त क्यान्सर रोगबाट पीडीत हुँदै आई रहेकी छिन । उपचार खर्च महँगो भएको र समयमै उपचार गर्नु पर्ने डाक्टर सुझाव अनुसार अहिले उनी र उनको परिवारले देश बिदेश्मा रहनु हुने सहयोगी व्यक्ती,दाताहरुलाई सहयोगको अपिल गरेका छन । उनलाई सहयोग गर्न इच्छुक महानुभावहरुले कृषि बिकास बैंकको खाता नम्बर ०४१२/०१०३५६ साथै थप जानकारी चाहिएमा मोबाइल नम्बर ९८१७११३३७२ संपर्क गरी जानकारी लिन सकिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %