सुरेन्द्र इङ्नाम– फक्स्टन, बेलायत
गत २२ जुन २०१४ तारिखको दिन बेलायत, फक्स्टनको चेरिटनमा गायिका सुनिता लिम्बु थेबेले हावाले पनि म्युजिक भिडियो तथा गीति एल्वम “हौसला” सार्बजनिक ग¥यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा २ आर जी आरका गोर्खा मेजर डम्बर बहादुर शाहिले स्थान ग्रहण गरेका थिए । अन्य अतिथिहरुमा क्या. किशोर रोका, क्या. सेवन्त पुर्जा पुन, गायक, तथा भु. पु काउन्सिलर (सेपवे डिष्ट्रिक काउन्सिल) धन गुरुङ, ब्यापारी गोकर्ण चोङ्बाङ, गायक, तथा पुलिस अफिसर केन्टका बिजय बेघा, सेवारो कलाकार संघ युकेका अभ्यक्ष काजीमान यक्सो, कि.या.चु. युकेका भुपु अध्यक्ष डम्बर सिङ्गक, विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका अध्यक्ष तथा गीतकार, साहित्यकार विश्वासदिप तिगेला, गीतकार निर्मला परिवेश राई, गीतकार, अनलाईन साहित्य “कला साहित्य डटकम” का प्रधान सम्पादक तथा प्रवाशी नेपाली साहित्य समाजका भुपु अध्यक्ष सुरेन्द्र इङ्नाम रहेका थिए ।
क्या.काजीमान लिम्बु एम सी ले सो कार्यक्रमको औपचारिक रुपमा स्वगत मन्तब्य दिएपछि एल्वम “हौसला” को बारेमा शुभकामना तथा मन्तब्य ब्यक्त गर्दै लेखक तथा गीतकार मुकेश राईले यो हौसलामा मेरो पनि एउटा गीत “हृदयको पानाभरी” वहाको स्वरमा रेकर्ड गर्ने अवसर मिल्यो, साथै भविश्यमा अझै प्रगतीको कामना ब्यक्त गरेका थिए । सोहि क्रममा बोल्दै म्युजिसियन तथा गायक क्या.हेम कुमार तामाङले “जीन्दगी कहिले दियो भई जल्छ” मा सङ्गीत भरेर गायिकालाई सहयोग गर्न सके के कस्तो छ भन्दै प्रतिकृया पाउने आशा राखेका थिए । भुपु काउन्सिलर धन गरुङले पल्टनघरको विगत र वर्तमान स्थिितीलाई नियाल्दै पहिले परिबेश फाल्टै थियो तर अहिले पल्टनघरमा सांगेतिक तथा साहित्यिक माहोल निकै कठिनताले यहासम्म अाइपुगेको छ,मेजर डम्बर शाहिले थपदै “मैले जागिरको दौडानमा २ आर जी आर मा मात्र सम्भवत साहित्यिक र सांगेतिक माहोल पाए” । गायक तथा अजम्बरी डटकमका सम्पादक भुमिराज राईले आफ्नै पल्टनको गायिका सुनिता दिदिको यस एल्बमलाई “अजम्बरी अडियो भिडियो क्रिएसन” ले मार्केटिङ गर्ने अवसर मिलेको साथै भविश्यमा पुन दिदीलाइ सहयोग गर्ने प्रतिबद्घता गरे । मन्तब्यकै क्रममा काजीमान याक्सो, डम्बर सिङगक र बिजय बेघाले उक्त एल्बम र भिडियोको बारेमा जानकारी गराएका थिए ।