डिआइडी लिटिल मास्टर्सको फाइनलमा पुगेकी नेपाली चेली टेरियालाई जिताउन संसार भरका नेपाली एकजुट होऔ

Read Time:5 Minute, 24 Second

राज्यसत्ता – रुपन्देही रुद्रपुरकी टेरिया फौजा मगर जी टीभीको रियालिटी सो डिआइडी लिटिल मास्टर्सको फाइनलमा पुगेकी छिन् । शनिबार भएको नतिजामा उनी उत्कृष्ट ५ मध्ये उत्कृष्ट ४ मा रहदै फाइनलका लागि छानिएकी हुन् ।
आउँदो शनिबार हुने फाइनलमा अब उनले ४ जना प्रतिस्पर्धीसँग भिड्नुपर्ने हुन्छ । भारतीय टेलिभिजन च्यानल जी टिभीको लोकप्रिय रियालिटी शो डान्स इण्डिया डान्स डिआइडी लिटिल मास्टरमा सहभागी नेपाली अामाकि छोरी टेरिया फौजा मगर अहिले सर्वाधिक लोकप्रिय बनेकी छिन् । प्रतियोगिताको अडिसनमा दशौ हजारलाई पछि पार्दैैै नृत्य क्षमता देखाइरहेकी टेरियाले उत्कृष्ट नृत्य प्रदर्शन गरी निर्नायक मन्डल र सारा दर्शक हरुको मन जित्त्दै अहिले फाइनलमा पुगेकी छिन । रुपेन्देही रुद्रपुरकी टेरियालाई दर्शकले मात्र होइन निर्णायकले पनि राम्रो कमेन्ट गरिरहेका छन् । टेरियालाई ग्राण्ड माष्टर्स मिथुन चक्रवर्तीले त नेपालकी रानीको सँज्ञा नै दिए ।

उनको नृत्य अब्बल त छ नै उनको बोलीमा पनि परीपक्कता छ । उनी जि टि भि युनिट्का साथ नेपाल आएको बखत हजारौ नेपालीहरुले भव्य स्वागत गरे,उन्क्त अवसरमा उन्ले आफुलाई जिताउन भोट दिन आग्रह गर्दै अहिले सम्म नेपाली जनताको भोट र मायाले नै यहाँ सम्म आई पुगेको, यसको लागि सबैलाई धन्यवाद दिन चुकिनन भने आफुले देशको नाम राख्ने प्रतिबदता पनि व्यक्त गरिन र यसरी नै सबैको साथ पाए फाइनल जित्ने बताइन । उनले गत हफ्ता गुरु दक्षिणा स्वरुप नेपाल र नेपालीको गौरव बुद्धको मुर्ती उपहार दिएर उनको र नेपालीको शिर अझ उचो बनाइदिईन शायदै यस्तो उच्च् काम कुनै नेपाली नेताले बिदेशी भुमिमा गरेको होला ।उनी भन्छिन म नेपालको नाम उचो राख्न चाहन्छु,यो प्रतियोगिता मैले जितु या नजितु तर मैले यो प्लेटफर्म बाट धेरै धेरै मायाका साथ असन्ख्य अनुभव बोकेर जाने छु ।

अहिले संसार भर छरिएर रहेका नेपालीहरु उनलाई जिताउन हर प्रयास गरी रहेका छन, सामाजिक सन्जाल तथा भिबिन्न माध्यम बाट प्रचार प्रसार र भोटिङ गरी रहेका छन । यूएईमा रहेका टेरियाका बुबा बिजय फौजा मगर पनि छोरीको अभुत पुर्व सफलताले गदगद हुँदै उनलाई हौसला दिन अर्जेण्ट विदा मिलाएर फाइनल हेर्न जाँदैछन ।
टेरियाको लोक प्रियता सँगै नेपाली एकता र टेरियाको बिजयउन्मुख्ता प्रती गलत नियतका दुष्टहरूको प्रपञ्च पनि सुरु भएको छ । उनको नाममा नक्कली आईडी खोलेर नक्कली भोटिङ कोड बनाई भोट गर्न लगाउने जस्ता अनेकौ अफ्बाह फैलाई रहेका छन, यस् प्रती सचेत भई सक्कली भोटिङ प्रकृया मार्फत जान उनले फेस बुक मार्फत जानकारी दिदै आइरहेकी छिन ।
ब्राजिलमा भई रहेको फूट्बलको महाकुम्भले पनि भोटिङमा असर पार्ने होकी भन्ने भय पनि रहदै आएको छ । नेपाली मुलका बिदेशिले यस्तो लोक प्रियता पाउदै आएका छन भने नेपालीले नै यस्तो ठुलो लोक प्रियता हासिल गरेको भने पहिलो पटक हो । त्यसैले पनि अहिले टेरियालाई उनको नृत्य मन पराउनेले त भोट गर्ने नै भए । यसबाहेक नेपाल र विदेशमा रहेकाले पनि भोट उनलाई अनलाईन भोटिङ्ग गर्न आवश्यक छ ।
फूटबल हेरेर मनोरन्जन लिनु आफ्नो ठाउमा छ त्यस्मा जसले जिते पनि हारे पनि नेपाली र नेपालको नाम कतै आउँदैन तर टेरियाले जितिन भने नेपालीको गौरव गाठा सगरमाथा, भ्रिकुती,बुद्ध,गोर्खालीले मात्र होइन अर्को अध्याय पनि थपिन्छ त्यसैले अहिले कसैको बहकाउ र फुट्बलमा ध्यान नदिइ टेरियालाई भोट दिन अती आवश्यक छ ।

भोटिङको लागि निम्न लिन्क मा क्लिक गर्न नबिर्सनु होला

http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %