आदिबासी जनजाति पत्रकारलाई ३ दिने तालिम गोरखामा शुरु

Read Time:4 Minute, 6 Second

देब पचभैया

गोरखा, असार १ – नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा गोरखामा  आईतबार देखि ३ दिने आधारभुत पत्रिकारिता तालिम शुरु भएको छ ।

 

पश्चिमाञ्चल स्तरिय ३ दिने तालिमको गोरखाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उद्घाटन गरे । तालिममा पश्चिमाञ्चलका गण्डकी र धौलागिरी अंचलका १० जिल्लाका २५ बढी प्रशिक्षार्थीहरुको सहभागीता छ । 

तालिमको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी खरेलले पत्रकारिता  सम्बेदन शिल पेशा भएकाले ज्ञान ,क्षमता र धारणालाई बलियो बनाएर पत्रकारिता गर्न आग्रह गरे । सरकारले समाबेशीयताको अवधारणालाई बिकास गरेर  हरेक सरकारी निकायहरुमा पनि समाबेशीयतालाई आत्मसात गरेजस्तै समाजको एैना मानिने पत्रकारितामा पनि समाबेशीयता हुनुपर्नेमा उनको जोड थियो ।

तालिम उद्घाटन कार्यक्रममा पत्रकार महासंघ गोर्खाका सस्थापक सभापति एबं शामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष किशोर जंग थापाले पत्रकारितामा समाबेशीयताको नारा लाई ब्यवहारमा उर्तान दक्षताको बढी आबश्यकता रहेको बताए । पत्रकार महासंघ गोखाका अध्यक्ष भिमलाल श्रेष्ठले पत्रकारहरुले कुनै सस्थाको सदस्यता  लिदैमा पत्रकार बन्न नसक्ने भन्दै सक्रिय पत्रकार गरेपछि मात्रै पत्रकार बन्ने बताए । समाबेशी  संचार नितिलाई ब्यवहारमा कार्यान्वयन गर्नको लागी गोर्खामा पत्रकार महासंघले बिगत देखि नै पहल गरिरहेको उनको भनाई छ । 

 

तालिम उद्घाटन समारोहका सभापति एबं आदिबासी जनजाति पत्रकार महासंघका केन्द्रिय सचिब रजनी तामाङ्गले जनजाती पत्रकारमहासंघको स्थापना, अवस्था र तालिम आयोजनाको उदेश्यको बारेमा जानकारी दिए । कार्यक्रममा आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष बिष्णु रानामगरले आदिबासी जनजातिहरुको मुद्धालाई जिल्लाका संचार माध्ययमले खासै चासो नदिएको गुनासो गरे । मिडियामा संलग्न आदिबासी पत्रकारहरु भुमिका बिहिन पदमा ( रिर्पोटर, रेडियोमा पार्टटाईमर ) मात्रै भएकाले जनजातिहरुका समाचाहरु बाहिर कम आएको बताए ।

कार्यक्रममा ब्रोडकास्टिङ्ग एसोसियसन नेपाल (बान) का क्षेत्रिय सचिब किरण लोहनी, तालिमका प्रमुख प्रशिक्षक एबं एसिया आदिबासीहरुको गठबन्धन अनुसन्धान, संचार बिकास समितिका सदस्य अनिता गुरुङ्ग, गोर्खामा रहेका एफ,एम रेडियोका स्टेशन प्रमुख हरु, पत्रिकाका सम्पादक एबं जिल्लामा रहेका पत्रकारहरुको सहभागीता रहेको थियो ।

जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक देब पचभैयाले कार्यक्रमको संचालन गर्नुभएको थियो । ३ दिन सम्म चल्ने तालिममा अनिता गुरुङ्ग र रजनी तामाङ्गले सहजीकरण गर्ने फोनिज क्षेत्रिय संयोजक एबं तालिका सहजकर्ता पचभैयाले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %