बिजय हितान
बेलायत , इको-साहित्य भेलाको आयोजना गरेर गत ५ जुनको दिन बेलायतको केन्टमा बिस्व बातावरण दिवस मनाइयो। ‘हिमाल बचाऔ, बातावरण जोगाऔ’ भन्ने नारा बोकेको यस बर्षको बिस्व बातावरण दिवसमा पल्टनघरसँग सम्बन्धित साहित्यकार, गीतकार र संगितकारहरु- इस्वर चाम्लिङ, नरेश नाती, बिजय हितान, विश्वाशदिप तिगेला, विश्वकाजी राइ, सुरेन्द्र इङ्नाम,गणेश पुन, कल्पना थापा, दलबहादुर बुढाथोकी, घन थापा लगायत अन्यको उपस्थिती थियो ।
‘रातै रगत…’ जस्तो गोर्खाली वीर गाथा बोकेको गीतका रचनाकार इस्वर चाम्लिङले ‘फुलको हत्या’ सिर्सकमा पर्याबरणिय बिम्बहरुले बुनिएको एउटा कबिता सुनाउनु भयो। ‘बाटो खोज्दा खोज्दै’ गिती सङ्रहका गीतकार साथै जुर्मुराउदा युवा लाहुरे संगितकार नरेश नातिले हार्मोनियममा अती नै कर्णप्रिय गीत गाएर बातावरण प्रतिको माया पोख्नुभयो। त्यसरी नै उक्त इको-साहित्य भेलाका सम्योजक बिजय हितानले बिस्व बातावरणको बर्तमान बस्तुस्थितीमाथि प्रकाश पार्दै ‘जताततै मैला न फालौं यारा…’ गजल पढेर सुनाउनु भयो। मानविय कृयाकलापले हरित ग्रिह्य ग्याँस बायुमण्डलमा उत्सर्जन हुन गै पृथ्वीको तापक्रम बढेको र फल्सरुप हिमालहरु द्रुतगतिमा पग्लिएर समुन्द्रको सतह बढेको भनेर उनिले बातावरण बिग्रनुको बैज्ञानीक कारण बताए ।
‘बोर्नियो परिचय’ जस्ता थुप्रै नियात्रा सिर्जना गरिसक्नु भएका बरीस्ट साहित्यकार विश्वाशदिप तिगेलाले बनजङल, खोलानाला, पहाड हिमालले आफ्नो मन सजिलै बहलाइदिने र दुसित बातावरणले यस्ता प्राकृतिक सम्रचनाहरुलाई नस्ट पारेकोप्रती चिन्ता ब्याक्त गर्दै एउटा पर्याबरणिय कबिता बाचन गरे । यस्ता कार्यक्रम एक दुई सङ्गठनहरुमा मात्रै सिमित नराखी आउंदा बर्षहरुमा बेलायतका सम्पूर्ण साहित्यिक सङ्गठनहरुलाई समेटेर आयोजना गर्नुपर्नेमा जोड दिए ।
बातावरणिय चेतनामुलक यस्ता थुप्रै कार्यक्रममा भागलिंदै आउनुभएका अर्का गीतकार विश्वकाजी राइले नेपालको बातावरण सम्बन्धित ‘पुर्ब मेची देखी पस्चिम महाकाली सम्म बत्ती निभाउँदै जाऔ’ सिर्सकमा मिठो गीत बाचन गर्नु भयो। ‘उजागर’ गीत सँगालोका गीतकार विश्वकाजी राइद्वारा बाचित गीतले बातावरणलाई दुशित पार्ने अरु कोइ नभै हामी मानवनै रहेको र त्यस्ता कार्यहरु तुरुन्तै रोक्नुपर्छ भन्ने सन्देस बोकेको थियो। अर्का लाहुरे स्रस्टा, ‘चोट दिएपछी’ गिति सङ्ग्रहका रचनाकार तथा प्रख्यात बाँसुरि बाधक सुरेन्द्र इङ्नामले बातावरणको सम्रछणमा नै मानव अस्तित्व सम्भव रहने बिचार राख्दै हाम्रो शन्ततिलाई अप्रदुसित र हराभरा पृथ्वी हस्तानतरण गर्नुपर्ने हाम्रो कर्तब्य रहेको भाव बोकेको गीत पढनुभयो। दलबहादुर बुढाथोकी र घन थापा ले क्रमस: ‘बातावरणको ट्रेडमार्क’ र ‘ बातावरणको वास्तै नगरि’ कबिता पढदै स्वाच्छ्य बातावरणको शुभकामना ब्याक्त गरे ।
गायक, गीतकार र बरीस्ट समालोचक गणेश पुनले पहिला आफ्नो मस्तिस्कको बातावरण सफा राख्न सके त्यस्ताले मात्रै पृथ्वीको बातावरण सम्रछण गर्न सक्छन भन्ने अतिनै गहकिलो बिचार ब्याक्त गर्दै ‘ पंधेरिमा गाग्रो भर्दै….’ सिर्सकको आफ्नै श्रीजनाको गीत गाएर उपस्थित माहानुभावलाइ मन्त्र मुग्ध पारे ।
यसरी बातावरणले न देस न प्रदेस, न जात न बर्ग, न कुनै राजनैतीक पार्टी समेट्छ । तर बातावरण प्रदुसणको प्रभाव कुनै राष्ट्रिय सिमानाभित्र सिमित नभै सम्पूर्ण मानव र जिवजन्तुलाई नै नकारात्मक असर पर्न सक्ने सबैले आत्मसात गरे । उक्त साँझको कायक्रममा मुलत: साहित्य, संगित, र कलाप्रति आबद्द ब्याक्ती ब्याक्तिहरुको संगमले पनि बिस्व बातावरणिय दिवस सार्थक र प्रतिकात्मक रह्यो।