मोडलिङमा मौलिकता खोज्दै पूर्वकी अव्वल सृर्जना

Read Time:8 Minute, 10 Second

भैरब आङला, धरान

आफनो मौलिक जातिय पहिचान झल्कीने पहिरनमा मोडलिङ गर्न रुचाउने सृर्जना सुव्वा निङलेकु झापावाट मोडलिङ क्षेत्रमा अघि बढदैछिन् । आफनो मौलिकता झल्कीने तरिकाले मोडलिङ गर्ने रहर भए पनि यस्तो मौका भने अहिले सम्म जुरेको छैन । झापाको धरमपुर ४ मा बस्दै आएकी २१ बर्षिय सृर्जना सुव्वा निङलेकु मोडलिङ वाहेक उनको परिचय पुर्वको एक कुशल संचारकर्मी पनि हुन् । झापाको दमकवाट संञ्चालन भईरहेको हिमशिखर टेलिभिजन र पाथीभरा एफएममा मनोरन्जनात्मक कार्यक्रम प्रस्तोताकोरुपमा आफनो अव्वल छवी वनाएकी सृर्जनाले २०६७ सालमा दमकमा भएको फेसन सो वाट आफनो मोडलिङ यात्रा सुरु गरेकी हुन् । पहिले संचारकर्मी अनि मात्रै मोडल आफुलाई भन्न रुचाउने सृर्जनामा गज्जवको तार्किक क्षमता रहेको छ । यही कारण उनी संचार क्षेत्रमा टिकेको हुन सक्ने सृर्जना सुव्वा निङलेकु वताउछिन् । आधा दर्जन भन्दा वढी म्युजिक भिडियोमा मुख्य भुमिकामा अभिनय गरीसकेकी सृर्जना लिम्वू वृतचित्र  र भर्खरै छायंकन सकिएको नेपाली कथानक चलचित्र भुमिपुत्रमा समेत अभिनय गरी सकेकी छिन् ।

पुर्वमा रहेर मोफसलवाटै मोडलिङ पेशा संग संगै संञ्चार क्षेत्रमा पनि अघि वढने योजना रहेको वताउने सृर्जना भन्छिन्  मोफसलमा मोडलिङको भविष्य नदेखेर धेरै काठमाण्डौ पुग्ने गरेका छन् तर म मोफसलवाटै मोडलिङ क्षेत्रको भविष्य खोज्छु । विषेश गरी आदिवासी जनजाति युवतीहरु मोडलिङ पेसा र सञ्चार क्षेत्रमा कम भएकोले पनि आफुले यो क्षेत्रमा संघर्ष गर्ने योजना वनाएकी छु भन्दै सृर्जना भन्छिन । विषेश गरी आदिवासी किशोरीहरु अध्ययन संगै कुनै पनि क्षेत्रमा अघि बढे सफलता प्राप्त गर्न सकिन्छ तर थोरै असफल भईयो भन्दैमा नर्मस हुन नहुने सृर्जना तर्क गर्छिन् ।

माल्भिका सुव्वावाट आफु निक्कै प्रभावित भएको वताउने सृर्जना सुव्वा निङलेकु अव मोडलिङ क्षेत्र र पत्रकारिता दुवैमा आफनो पहिचानलाई मुद्दा वनाएर अघि बढे यसले सफलता पाउने बताउछिन् । मोडलिङ क्षेत्रमा लागेकाहरुलाई समाजले नकारात्मक तरिकाले हेर्ने गरेको बारेमा सुव्वाको तर्क छ, सवै भन्दा पहिले आफु ठिक हुनुप¥यो अनि कसले के भन्ने हैसियत राख्छन र ? आफनै कमजोरीको कारण यो क्षेत्रमा विकृति निम्तिएको र आएको बताउने सृर्जना भन्छिन् सवै भन्दा पहिले आफु ठिक हुनु प¥यो कसैले केही गर्न सक्दैनन् । यो क्षेत्रमा निक्कै धेरै ठुला सम्भावना संगै चुनौति पनि रहेको छ । त्यसैले सम्भावनाको खोजि यो क्षेत्रवाट भागेर होईन यो क्षेत्र भित्रै रहेर संघर्ष गर्नुपर्ने उनको तर्क छ । विषेश गरी आदिवासी जनजाति किशोरीहरु संचार क्षेत्रमा त कम छननै अझ मोडलिङ क्षेत्रमा पनि कम छन् । यी दुवै क्षेत्रमा सम्भावना थुप्रै छन् तर चुनौति पनि उत्तिकै छन । त्यसैले अव यो क्षेत्रमा लाग्नेले संघर्ष गरेर अघि बढे यसवाट राम्रै परिणाम पाउन सकिने छ । म्युजिक भिडियोमा अभिनय गर्दा चलचित्रमा भन्दा निक्कै फरक अनुभव भएको वताउने सृर्जना सुव्वा निङलेकु राम्रा चलचित्रमा अफर आए अभिनय गर्ने वताउछिन् । अहिले पनि थुप्रै म्युजिक भिडियो र केही चलचित्रहरुमा अफर आए पनि म्युजिक भिडियोको अभिनयले दिने सन्देश र चलचित्रको स्कृप्ट चित्त नवुझेको कारण कम मात्रै अभिनय गर्ने गरेको बताउछिन् । उनको पुर्खेउली घर गाउ तेह्रथुमको सिम्ले हो ।

लिम्वू भाषा आफ्नो मातृभाषा भएकोले अवका युवा पुस्ताले आफनो भाषा संस्कृति, भेषभुषा को संरक्षण र सम्बर्द्धन गर्न युवाहरुनै लाग्नुपर्ने हुन्छ भन्दै सृर्जना भन्छिन् । त्यसैले मैले नी आमा वुवा संग घरमा प्रया लिम्वू भाषा नै बोलेर समय विताउने गरेको छु र लिम्वू भाषानै वोल्छु । यदी यसो गरिएन भने त म लिम्वूको छोरी हु भन्नुको तुक नै रहदैननी होईन र ? भन्दै प्रतिप्रश्न गर्छिन् । भर्खरै किरात धर्मगुरु आत्मनन्द लिङदेन सेईङले लेख्नुभएको ईक्सादिङ खाम्वेक वोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी सृर्जना सुव्वा निङलेकु भन्छिन् अरु थुप्रै म्युजिक भिडियोमा अभिनय गरे तर यो लिम्वू भाषाको गीत हुनुको साथै आफनै लिम्वू जातिको मौलिक भेषभुषा लगाएर अभिनय गर्दा वेग्लै आनन्दको महसुस भयो । यसरी पुर्वको दमकमा वसेर मिडिया र मोडलिङ क्षेत्रमा संग संगै लागि रहेकी सृर्जनाले अहिले सम्म मोफसलमै ४ पटक जति मोडलिङ फोटोसुट गरीसकेकी छिन् । फोटोसुट गर्दा धेरैले स्टुडियोमा गर्ने गर्दछन् तर आफुलाई स्टुडियो वाहिर फोटोसुट गर्न मन लाग्ने वताउने सृर्जना भन्छिन् वाहिर वास्तविकता झल्केको हुन्छ । मोडलिङ क्षेत्र निक्कै संघर्ष र चुनौती पुर्ण क्षेत्र भएकोले अव यो क्षेत्रमा आउने नया पिढीले अध्यायनलाई पनि साथ लिएर आउनु पर्छ ।

झापाको दमक वहुमुखि क्याम्पसमा विवि एस दोश्रो वर्षमा अध्यायनरत सृर्जना सुव्वा निङलेकु पहिले आफु जुन क्षेत्रमा काम गर्ने हो त्यस बारेमा अध्ययन गरेर वुझेर मात्रै अघि बढनु पर्छ नत्र राम्रो नहुने बताउछिन् । पुर्वका विभिन्न स्टेज कार्यक्रमहरुमा कार्यक्रम संचालन गरी सकेकी सृर्जना अवको फोटो सुटमा आफनो जातिको मौलिकता वोकेको पोशाक लगाएर फोटो सुट गर्ने वताउछिन् । उनको फोटो सुट चाडैनै सुनसरीको धरानमा हुदैछ । यसरी आफु सक्षम भएर मात्रै कुनै पनि क्षेत्रमा प्रवेश गरे सफलता प्राप्त हुने भएकोले अव यो क्षेत्रमा आउने नया पिढीलाई मोडलिङ रहरमा होईन भविष्य यसैमा खोज्न सक्ने भएर आउन अनुरोध गर्दछिन् । आफु मोडलिङमा रहे पनि आफनो परिचय एउटा संञ्चारकर्मी नै हो भनेर वनाउने सृर्जनाको सोच छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %