श्री महेन्द्र थापामगरज्यू
अध्यक्ष,
नेपाल मगर संघ,
केन्द्रिय समिति, काठमाडौँ
बिषयः- अन्तरराष्ट्रिय मगर सम्मेलन आयोजना गर्ने बारे ।
महोदय,
बिगत केहि बर्ष अगाडी देखि चर्चामा रहेको अन्तरराष्ट्रिय मगर सम्मेलन आयोजना गर्ने बारे विश्वको विभिन्न राष्ट्रहरुमा स्थायी अथवा अस्थायी रुपमा बसोबास गर्नु हुने मगर बुद्धिजीवीहरु, विभिन्न राष्ट्रहरुमा स्थापित क्रियाशील मगर संघहरु लगायत अन्य बिज्ञहरुसँग समन्वय र परामर्श गर्दा हाललाई तपशिलमा उल्लेख भए बमोजिम प्रक्रियागत रुपले अन्तरराष्ट्रिय मगर सम्मेलन आयोजना गर्ने प्रस्ताव पेश गर्न चाहन्छु ।
१) अबिलम्ब विश्व मगर सङ्गठन (World Magar Association) नाम नामकरण गरेर मगर समुदाय प्रति बिशेष योगदान पुर्याएको र मगरहरुको इतिहास, भाषा, भेषभुषा, धर्म र संस्कृति सम्बन्धि बिशेष ज्ञान र अनुभव भएको कर्मठ, जुझारु र दक्ष व्यक्तिलाई अन्तरराष्ट्रिय मगर सम्मेलन आयोजक समितिको संयोजक नियुक्त गर्ने । बेलायत, सयुक्त राज्य अमेरिका तथा हङकङबाट संयोजकको लागि आह्वान गर्ने । उक्त मुलुकहरुबाट कम्तिमा एक एक जना सम्भावित संयोजकको नाम प्रस्ताव गर्नु हुन अनुरोध गर्ने ।
२) सम्भावित विश्व मगर सङ्गठनका संयोजकले नेपाल मगर संघ, केन्द्रिय समिति, काठमाडौँ, अन्तरराष्ट्रिय क्षेत्रमा स्थापित मगर संघहरु लगायत विभिन्न मगर बुद्धिजिवीहरुसँग परामर्श गरि अन्तरराष्ट्रिय मगर सम्मेलन आयोजना गरिने मिति र स्थान आगामी जुन २०१४ को अन्तिम सम्म घोषणा गर्ने ।
३) विभिन्न मगर बिज्ञहरुसँग समन्वय र परामर्श गरि विश्व मगर सङ्गठनको कार्यसमिति, कार्यपद्धति र यसको उदेश्यहरु लेखनका लागि एक मस्यौदा समितिू गठन गर्ने । जसमा नेपाल मगर संघ, केन्द्रिय समितिबाट एक जना प्रतिनिधि, अन्तरराष्ट्रिय क्षेत्रबाट एक जना र मगर बुद्धिजीवीरबिज्ञ नेपाल बाट एक जना गरि जम्मा तीन जना सदस्य रहने गरि कार्यविधि मस्यौदा समितिू अबिलम्ब गठन गर्ने । उक्त मस्यौदा समितिले तीन महिना भित्र मस्यौदाको प्रतिबेदन तयार पारि सबै क्षेत्रबाट सुझाव संकलन गरेर अन्तिम प्रतिबेदन आगामी अन्तरराष्ट्रिय मगर सम्मेलनको बन्दसत्रमा पेश गरेर पारित गर्ने गराउने ।
४) अन्तरराष्ट्रिय मगर सम्मेलनमा विश्व भरि छरिएर रहेका मगरहरुलाई सहभागी गराउन आयोजक समितिका संयोजकले बिशेष भूमिका खेल्ने । साथै, अन्तरराष्ट्रिय क्षेत्रमा स्थापित सबै मगर संघहरुले यो सम्मेलन हामी सबै मगरहरुको साझा सम्मेलन हो, यसलाई सफलता पुर्बक सम्पन्न पार्न हामी सबैको समान कर्तब्य र दायित्व हो भनि बुझेर सबैले आ-आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक र नैतिक सहयोग र समर्थन गर्ने गराउने ।
५) अन्तरराष्ट्रिय मगर सम्मेलन आगामी डिसेम्बर २०१४ को दोश्रो हप्ता अथवा मङ्सिर २०७१ को अन्तिम हप्तामा मगरहरुको बाहुल्यता भएको स्थान पाल्पाको तानसेन अथवा बुटवलमा आयोजना गर्ने ।
६) अन्तरराष्ट्रिय मगर सम्मेलनको अध्यक्षता विश्व मगर संगठनको संयोजकले गर्ने ।
७) अन्तरराष्ट्रिय मगर सम्मेलन सम्पूर्ण आवश्यक खर्च विश्व मगर संगठनले नै व्यवस्था गर्ने ।
८) सम्भावित विश्व मगर संगठनको प्रमुख संरक्षक नेपाल मगर संघ, केन्द्रिय समितिका अध्यक्ष रहने व्यवस्था विश्व मगर संगठनको कार्यविधि मै स्पष्ट उल्लेख गरिने ।
माथि उल्लेखित प्रस्तावलाई समिक्षा गरि जति सक्दो चांडै नेपाल मगर संघ, केन्द्रिय समितिको आधिकारिक धारणा राखी दिनु हुन अनुरोध गरिएको छ ।
धन्यवाद,