कमल चौधरी,फोटो:दिल प्रशाद थापा मगर
बुटवल – भारतीय जिटिभीको लोकप्रिय कार्यक्रम डान्स इण्डिया डान्स लिटिल मास्टर्सको टप ५ मा पर्न सफल नेपाली छोरी टेरिया फौजा मगरले शुक्रबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै दर्शकलाई जुरुकै उचालीन् ।
त्यति मात्रै नभएर बुटवललाई शुक्रबार टेरियामय बनाईन् । हजारौं दर्शकलाई सडकमा उतारेकी टेरियाले सबैलाई भरपुर मनोरञ्जन समेत दिईन् । हजारौको दर्शकहरुलाई गार्मीमैसममा आफ्नो नृत्यलाई पस्कदै दर्शकहरु टेरीयाको नृत्यबाट जुरुकै उचालिएका थिईन् । यसरी प्रचण्ड गर्मीलाई महशुस नगरी टेरीया फौजामगरको नृत्य हेर्न विभिन्न राजनैतिक दलका नेता देखि समाजसेवी, बुद्धिजीवी पत्रकार र विद्यार्थीहरुको ठुलो घुईचोले टेरीया टेरीया भन्दै ‘भोट फर ! टेरीया भोट फर टेरीया ! ठुलो स्वारमा जिताउनको लागि अपिल गरिरहेका थिए । बुटवलको ट्राफ्रिकचोकमा टेरीयले भनिन् – ‘तपाईहरुको साथ र सहयोगले आज म यो स्थानमा आएकी छु । मलाई भोट दिनुभएकोमा धन्यवाद ! अगामी दिनहरुमा पनि भोट दिनुहोला ।
‘तपाईहरु मलाई डिआइडि बनाउनु म अझ राम्रो र नायाँ नयाँ नृत्यहरु पस्कने छु ।’ यसरी टेरीले सम्पूर्ण दर्शकहरुकै विचमा आफूलाई शिर्ष स्थानमा पुर्याउनको लागि भोटको अपिल गरिन् । त्यस्तै टेरीयाका हजुर वुवाले टेरीया आज मेरी नतिनि मात्र नभएको भन्दै सम्पूर्ण नेपाली कै नातिनि, चेली छोरी रहेकोले नेपाली नातिनि चेलीलाई डि आई डि टप ५ बाट टप १ मा पुर्याउन अग्रह गरे । उहाँले नतिनी यो स्थानमा आउनु तपाईहरुकै हत रहको र अगामी दिनहरुमा पनि सहयोगको गर्न अपिल गरे ।त्यस्तै नेपाल मगर संघ रुपन्देहीले टेरीया फौजामगरलाई भव्य स्वगत गरेको छ ।
नेपाली छेरी तेरीया फौजमगर जितिभि बाट प्रसणहुने डिआई डि टप ५ मा पर्न सफल भएपछि जिटिभीको टिमसंग अफ्नो जन्म भुमि जिल्ला रुपन्देही आएको अवसरमा मगर संघले शुक्रबार भव्य स्वागत गरेको हो । नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर बिरकट्टमगरको अध्यक्षता र टेरीया फौजामगरको प्रमुख अतिथ्यतामा राखिएको ‘स्वागत तथा शुभकामना समरोह कार्यक्रममा’ टेरीयाले निकै खुसि हुदै भनिन् मलाई भोट दिएर डि आई डि बनाउनु होला म अझ मिहेनेत गर्नेछु । त्यस्तै टेरीयाकी आमाले आज सानो रुद्रपुर गाउँकी छोरी विश्वमा चिनिन सफल भएकी छिन् ।
नेपालको गरिमालाई अझ उचा बनाएकी छिन् । त्यसैले यी टेरीया आज हाम्री छोरी मात्र नभएर नेपाल र नेपालीकी छोरी भएकोले सम्पूर्ण दाजुभाईालई टेरीयालाई जिताउन आपिल गरिन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति र त्यसका भत्ति संगठनहरु नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थिसंघ रुपन्देहीको संयुक्त अयोजनमा भएको कालिका माबीमा जिटिभिका टिमलाई मगर पहिरन लागएर स्वागत गरिएको थियो । र उनिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।
टेरीया फौजामगरको स्वागत तथा शुभकामना समरोह कार्यक्रम नेपाल मगर संघका जिल्ला सचिव कमल पुनको स्वागत र जिल्ला सदस्य कमल थापाको संचलनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी यसअघि, टेरीया मगरलाई विहिबार भैरहवा विमनस्थालमा पुगेका टेरीयाका समर्थक बगेस्वरी संगीतलाय, नेपाल मगर संघ रुपन्देही, टेरीया प्रचार प्रसार समितिको टोलिले भैरहाव विमन स्थालमा भव्य स्वागत गरेका छन् । त्यस्तै टेरीयालाई स्वागत गर्दै भैरहवा परिक्रमण गर्दै कोटीहवा , मंगलपुर, द्रइभरटोल चोकमा सम्मन गर्दै बुटवलको मिलनचोक, ट्रफ्रिक चोकमा पनि भव्य स्वागत गरिएको हो ।उनलाई जितगढी, शन्तिचोक बेलबास, तमनगर रानिवागीमा पनि विहिबार भव्य स्वगत गरिएको थियो ।
जन्मिएको गाउँ रुद्रपुरम भव्या स्वागत गरीएको थियो । अबेर सम्मा भएको कार्यक्रममा हजारौको संख्यमा दर्शकहरुको उपस्थिति रहेका थिए ।