विश्व बातावरण दिवस र हामी नेपाली

बिजय हितान/बेलायत

प्रतेक बर्ष जुन ५ तारिखको दिन संयुक्त राष्ट्रसंघको तत्वधानमा विश्व बातावरण दिवस मनाइन्छ। ‘समुन्द्रको सतह नबढाएर तिम्रो आवाज बढाउ’ भन्ने नाराकोसाथ यस बर्षको बातावरण दिवस हालसालै सम्पन्न गरियो ।

यस विश्वब्यापी कार्यक्रमले घन्काउन खोजेको आवाज के हो भने- सामुन्द्रिक सतहलाई बढाउने मानविय क्रियाकलापलाइ बढवा दिनुभन्दा; समुन्द्रको सतह किन र के कारणले बढीरहेको छ, यसको खतरा कसलाई छ  र यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा मानिसलाइ सचेत गराउनु हो ।  

मानविय क्रीयाकलापले कसरी समुन्द्रको सतह बढनमा मद्घत दिन्छ भन्ने बैज्ञानीक तत्थ्यमा एकैछिन चर्चा गरौं। हिमसिखर, उत्तरि र दक्षिणि ध्रुबहरु पग्लिनाले समुन्द्रको सतह बढछ। पृथ्वीको तापक्रम द्रुत गतिले बढनाले हिउँ पग्लिने क्रम पनि बढदो अवस्थामा छ। यातायात, उध्योग-धन्धा, र दैनिक उपभोग जस्ता मानविय कृयाकलापले हरित ग्रिह्य ग्याँस (कार्बनडाइ अक्साइड, नाइट्रेट र मिथेन) उत्सर्जन हुन्छ। बायुमन्डलको  तापक्रम बढनुको एउटा मुख्य करण यिनै ग्याँसहरुको उत्सर्जन हो । यसरी समुन्द्रको सतह बढनुको कारण मानिसको कृयाकलाप सँग सम्बन्धित छ। गत डिसेम्बर र जनवरी मैनामा बेलायतमा आएको बाढी यही सामुन्द्रिक सतह बढन गएकोसँग सम्बन्धित छ।  हाम्रो कृयाकलापले जलवायु परिवर्तनमा पार्ने नकारात्मक असरलाई ‘कार्बन फुटप्रिन्ट’ भनेर नापिन्छ ।

यसै कार्बन फुटप्रिन्टलाई कमी गर्न सके समुन्द्रको सतह बढ्ने क्रम देखी लिएर अन्य पर्याबरणिय नकरात्मक प्रभावलाई मन्द गर्न सकिन्छ। समुन्द्रको सतह बढनाले माल्दिप्स जस्ता समुन्द्रले घेरिएका देसहरु डुब्ने खतरामा छन। तर हाम्रो समाज मानविय कृयाकलाप र बातावरणिय सम्बन्धको बारेमा चाहिने जती सचेत छैन। चेतना जाग्रित भएपछी मात्रै कुनै शुभ-कार्यको थालनि हुन्छ। सर्बप्रथम यस्तै चेतनाको बिकास गरौं भन्ने अैलेको विश्व बातावरण दिवसको मुल उद्देस्य थियो।

अब प्रश्न आउँछ हामी बेल्पालिले कसरी यसमा योगदान  पुर्याउन सकिन्छ त । घर-परिवारमा उत्पन्न हुने दैनिक फोहोर मैलाका बस्तुहरु सबैले रिसाइकल गरिन्छ बेलायतमा। प्रतेक मैला तोकिएको ढ्वाङमा लगाइएन भने महिला सङ्कलन गर्ने गाडीले लगिदिन्न। त्यसपछी काउन्सिलबाट सावधानिको पत्र पनि आउन सक्छ। त्यसैले बेलायतमा हामीहरु एक उत्तरदायी नागरिक बनेर घरमा उत्पन्न मैलालाई जथाभावी फाल्दैनौं।   तर ग्रिस्मकालिन भोज भतेर र भेटघाटका कार्यक्रममा त्यस्तो पाइँदैन। एउटा भेलामा सयौँको सङ्ख्यामा हामी बेल्पाली भेट हुन्छौँ । यस्ता मनोरन्जनका कृयाकलाप नभएको कुनै सप्तान्त हुँदैन जहाँ खाध्य पदार्थ मस्तै खाइन्छ, पेय पदार्थ टन्नै पिइन्छ। भएन भनेर फोहोर मैला जताततै मिल्काइन्छ।  

त्याहाँ उत्पन्न फोहोर प्लेट, काँटाचम्चा, ड्रिन्क्सको केन, पानीको बोतल, फालिएको खाना रिसाइकल गरिन्न। जम्मैलाई एउटै कालो प्लास्टिकको झोलामा कोचारिन्छ र मैला फाल्ने कन्टेरमा फालिन्छ। जो अन्त्यमा लेन्डफिल्ड (मैला गाड्ने ठाउँ) मा गाड्न लगिन्छ। कती मानिसले रिसाइकल गर्छु भनेर सोँच्दा पनि गर्न नसकेको अवस्था छ। किनकी आयोजकले नै भिन्ना भिन्नै रिसाइकलिङ झोलाको ब्याबस्था मिलाइदिएका हुन्नन।   यस बर्षको विश्व बातावरण दिवसमा तपाईं भाग लिन पाउनु भएन होला। खैर केही छैन। अब उपरान्त के गर्नुस भने, यदी तपाईं कुनै संघ संस्थाका जिम्मेवार पदाधिकारी हुनुहुन्छ र बातावरण प्रतिको आफ्नो एक दायित्व निभाउन चाहनुहुन्छ भने तपाईंको संगठनले आयोजना गर्ने भेटघाट र भोजका कार्यक्रममा कृपया मैला रिसाइकल गर्ने ब्याबस्था मिलाउनुस। त्यो जस्तो बातावरण प्रतिको सकारात्मक देन अरु के नै हुन सक्थ्यो र।

अब रिसाइकलिङले कसरी बातावरण बचाउन मद्घत पुग्छ भन्ने बिषयमा छोटो चर्चा गरौँ। रिसाइकलिङ प्रकृया सर-सामान उत्द्पादनकोलागी चाहिने कक्चा पदार्थको मुल स्रोत हुनजान्छ। यसो भयो भने कच्चा पदार्थ खानिबाट निकाल्न पर्दैन। खानि उध्योग जस्तो खर्चालु, अत्यधिक उर्जा खपत र बातावरणिय अमैत्री उध्योग अरु कुनै हुँदैन। उदाहरणको लागि कोकको केन आल्मुनियमबाट बनाइन्छ। यो धातु पृथ्वीको भुगर्बभित्रबाट निकालिन्छ जो अतिनै इन्धन खपत हुने औधोगिक कृयाकलाप हो । जुन उध्योगले जती बढी इन्धन खर्च गर्छ त्यसले हरितग्रिय ग्याँस उत्सर्जनमा त्यतिनै ठुलो भूमिका खेल्छ। यदी त्यो कोकको केन हामीले प्रसोधन गरेर फेरी अर्को केन उद्पादनमा प्रयोग गर्न सकियो भने उर्जा खपतमा ह्रास आउँछ । फल्सरुप हरितग्रिह्य ग्याँस उत्सर्जन न्युन हुनगै बायुमन्डलको तापक्रम बढने क्रम रोकिन सक्छ ।

यदी उक्त मैला केन रिसाइकल नगरि कालो झोलामा फालियो भने त्यसलाई लेन्ड्फिल्डमा लगेर गाडीन्छ। फोहोर मैला लेन्डफिल्डमा गाड्नु, फोहर मैला ब्याबस्थापनको सिद्दान्तमा व्याख्या गरिए अनुसार अन्तिम बिकल्प हो। सर्बप्रथम त आवश्यकताका सामानहरु कम्ती प्रयोग गर्नु, प्रयोग गरिहालेपनी त्यसलाई पु:न प्रयोग गर्नु, र अन्त्यमा रिसाइकल गर्नु भनेर उक्त सिद्दान्तमा भनिएको छ ।    

उपरोक्त कारणहरुले गर्दा यदी तपाईं अल्छि नमानी  फोहर मैला रिसाइकल गर्नुभयो भने त्यो जस्तो बातावरण मैत्री कार्य अरु केही हुन सक्ने थिएन । यैलेको विश्व बातावरण दिवस पस्चात तपाईं हामी बेल्पालिले यती मात्रै गर्न सिके हाम्रो पृथ्वीको खस्किदोँ बातावरणकोलागि अती  ठुलो देन हुन्थ्यो।