लोकेन्द्र परियार हङकङ ,
हङकङ नेपाल फेडेरेसन अफ वडीविल्डिङ एन्ड फिट्नेशका खेलाडी आपुनके यहि जुन महिनाको १९ देखि २२ जुन सम्म श्रीलंकामा हुन गईरहेको ४८औ एसियन बडिविल्डिङ एन्ड च्यम्पेन्शिप २०१४ भाग लिने भएका छन । उनि मिस्टर हङकङ नेपाल २०१२ का टाइटल होल्डर पनि हुन ।
उक्त प्रतियोगितामा भाग लिनुपुर्व पत्रकार सम्मेलन गरिने हङकङ नेपाल फेडेरेसन अफ वडिविल्डिङ एन्ड फिट्नेशले जानकारी गराएको छ । उक्त पत्रकार सम्मेलनका लागि निम्न मिती, समय र स्थानमा उपस्थित हुन उक्त संस्थाले अनुरोध गरेको छ ।
मिति : ०८/ ०६ /२०१४ आइतबार
समय :दिउसो १ बजे
स्थान : चौतारी कल्ब,50-54 Shanghai St., Jordan