मगर साहित्यमा मगरपन

Read Time:3 Minute, 41 Second

सञ्जोग लाफा मगर

काठमाडौं , बैशाख २७ गते शनिवार – जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आयोजित मगर लेखक, चलचित्रकर्मीहरुको सहभागितामा ठमेलस्थित महावीर पुन सेन्टरमा मगर साहित्यमा मगरपन अन्तक्र्रिया सम्पन्न भयो ।

मगर साहित्य र चलचित्रमा मगर मिथक, लोककथा, जीवन दर्शन, संस्कृति चालचलन आदि मार्फत कसरी मगरपन झल्काउन सकिन्छ भन्ने उदेश्यले नेपाली सन्दर्भमा आदिवासी जनजाति साहित्यको प्रारुप विषयमा डा. लाल श्याँकारेलु रापचा (भाषा विज्ञान) द्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो । डा. सिमन गौतमले तुलानात्मक नेपाली साहित्यवारे खोज अनुसन्धान सहित जानकारी गराइएको थियो । पत्रकार तथा चर्चित कवि फुलमान बलले नेपाली साहित्यमा जातीय विम्बको प्रयोगको महत्ववारे बोल्दै चर्चित कविता ‘बौलाहा’ वाचन गरेका थिए । स्वतन्त्र प्राज्ञिक तथा सियन्स पो इनाल्को युनिभर्सिटी पेरीस, फ्रान्सका प्रोफेसर शोभा चन्दले टिप्पणी सहित सहजकर्ता निर्वाह गरेका थिए ।

जेठ ३ गते शनिवार, पोखरा

मगर भाषा साहित्य, व्याकरण लेखक सह–प्राध्यापक लोकबहादुर थापा मगरले प्रस्तुत गरिएको ‘मगर भाषा व्याकरण’ विषयमा छलफल गरिएको थियो । मगर जातिमा लिङ्ग, वचन नभएको हुँदा  क्रियापदमा कुनै असर नपर्ने र मगर जातिमा साइनो अनुसार ढोग गर्ने छुट्टै चलन रहेको छ । सहभागिहरुको जिज्ञासालाई प्रोफेसर शोभा चन्दले सहजकर्ताको भुमिका सहित मगर साहित्यमा मगरपनको लागि मगर महिलाको समाजमा कुन स्थान छ ? मगर भाषामा पुरुष र महिलाविच सम्बोधन बेग्लाबेग्लै छ कि छैन ? प्रश्न गरेकी थिइन् । सहभागिहरुले मगर महिलाको स्थान समाजमा समान रहेको र देवीको रुपमा (हिन्दु धर्मको देवी, दुर्गा आदि होइन ।) अर्थात पितृको रुपमा मान्ने सम्बोधन गर्दा एउटै वाक्य प्रयोग गर्ने बताएका थिए । सम्बोधन र महिलाको स्थान बराबर छ भने मगरको साहित्यमा फरक नै मगर पन हो भनेर स्पष्ट पारेका थिए ।

नेपाल मगर लेखक संघ, जिल्ला समिति कास्कीको सहआयोजनामा फेमिली रेष्टुरेण्ट पोखरामा मगर लेखक, चलचित्रकर्मी, पत्रकार, समाजसेवीको सहभागितामा अन्तक्र्रिया सम्पन्न भयो । कार्यक्रम आयोजनाको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आर्थिक अनुदान गरेको थियो । असार ७ गते नेपाल मगर लेखक संघ, अञ्चल समिति लुम्बिनीको सहआयोजनामा बुटवलमा कार्यक्रम आयोजना गरिनेछ ।

(लाफा मगर जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %