बेलायतको डोबरमा यक्वा तङ्नाम (उभौली) सम्पन्न

Read Time:5 Minute, 43 Second

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत

गत तारीख १ जुन २०१४ को दिन विश्व लीम्बु सांस्कृति महासंघ केन्द्रिय कमिटिको आयोजनामा बेलायतको डोबरमा यक्वा तङ्नाम (उभौली) भब्यताका साथ सम्पन्न भयो ।

उक्त कार्यक्रममा सभापति क्याप्टेन काजीमान कुरुम्बाङ एम.सि. प्रमुख अतिथि नेपालबाट पाल्नु भएका लिम्बु भाषा साहित्य तथा संस्कृतिविद येहाङ लाओती, अतिथिहरु काजीमान यक्सो अध्यक्ष सेवारो कलाकार संघ बेलायत, मान तबेबुङ उपाध्यक्ष सेवारो कलाकार संघ बेलायत साथै महा–सचिव म।स।स। लिम्बुवान राज्य परिसद वेलायत, चन्द्र कुबेर आङ्बुहाङ सदस्य सेवारो कलाकार संघ बेलायत, धन ब. योङ्याङ, बिनोद केरुङ, कृष्ण लोक्साम, छत्र लिङ्थेप, हेमन्त तुम्बाहाङ्फे रहनु भएको थियो ।

कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात  प्रमुख अतिथि, सभापति साथै संघका अध्यक्षले दियो बालेर कार्यक्रमलाई सुरुवात गरेका थिए ।

दिप प्रज्वलन पछि साना नालीहरुले लिम्बु नाँच पालाममा नृत्य प्रस्तुत गरेका थिए । त्यस पश्चात बाहिर राखिएको स्टलहरु लि तोङ (धनु बाण) मा महेश लिम्बु, छेलो मा प्रदेश लिम्बु, चयाभ्रुङ मा काजीमान याक्सो ले पुर्खाहरुले चलाउदै ल्याएका, लाउदै ल्याएका सामानहरु देखाउन र किन, कसरी, केका लागी चलाईएका हुन भन्ने छोटो ब्याख्या पनि दिएका थिए ।

यक्वा तङ्नाम (उभौली) राजधानी काठमाण्डौ लगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ सुनसरी, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किरातीहरुले  मनाउदै आईरहेको छ । तेसैगरि अन्तर्राष्ट्रिय रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत, सीक्किम,अमेरिका,बेलायत, हङकङ,जापान,कोरिया मलेशिया, कतार र ब्रुनाईमा समेत अहिले भव्यरुपमा मनाउने प्रचलन रहेको पाईन्छ । यक्वा तङ्नाम (उभौली) पुजा खेतीपाती लगाउने समय भएकाले अन्नवाली वा उव्जनी बढोस आधीवेरी, असिना नहोस,अन्नबालीमा रोग नलागोस भनि सक्ति, बल आर्शीवाद माग्ने चलन छ । पछिल्लो समयमा विदेसतिर यसलाइ लोप हुन नदिन एक संस्कृतिको रुपमा मनाउने प्रचलन बढेको छ ।

उभौली र उधौलीको नामले बर्षमा दुई पटक किराँत समुदयले यो पर्ब मनाईने गरिन्छ । परा पुर्खाहरुले कुखुराको भाले, पोथी र सुगुर आदि जनावरको बलिदिने चलन थियो भने अहिले फलफुल नैबेदले मनाउने चलन चलेको पाईन्छ । बाली लगाउने बेलामा भने उभौली पर्ब मनाउने प्रचलन छ । उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंङसिर पूर्णिमाको पुर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ । किरातहरुको मुन्धुमअनुसार १ बर्षलाई दुई भागमा लिईन्छ, ९उभौली र उधौली० यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र यक्वा तङ्नाम, राईहरुले साकेला भन्ने चलन छ ।

कार्यक्रमको विचमा प्रमुख अतिथि येहाङ लाओति ज्यूले विदेशमा रहेर पनि आफ्नो कामलाई छाडेर यसरी आफ्नो संस्कार र संस्कृति बचाउन लागी परेको देख्दा अती गौरन्वित भएको  बताएका थिए । साथै यो यक्वा तङ्नाम (उभौली) पर्वको बारेमा पनि छोटकरीमा प्रकास पारेका थिए । विश्व लिम्बु संस्कृति महासङ्घको अध्यक्ष शन्तकुमार आङ्देम्बेज्यूले यक्वा तङ्नाम उभौली मनाउनु बारे बोल्दै यस संस्थाको लक्ष र दायित्व, लिम्बु एकता र एक रुपताको लक्ष, संकल्पित अभियानलाई अघि बढाउने कुरा प्रष्ट पारेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापति क्याप्टेन काजीमान कुरुम्बाङ एम.सि. ज्यूले यस कार्यक्रमको जुन लक्ष थियो सफल भएको र सफल पार्नको लागी खट्नु भएका सम्पुर्ण मित्रहरुलाई धन्यवाद दिदै औपचारिक रुपमा कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमलाई महेश वनेमले सन्चालन गरेका थिए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %