बम सूर्यवंशी / बेलायत
स्विनडन , ३१ मे २०१४ – मगर संघ यु के ले १४ जुन २०१४ को दिनमा फ़ार्नबोरोमा आयोजना गर्न लागेको बुद्ध नेपाली ओपन कन्सर्टको तयारी पुरा भएको छ ।
बुद्ध नेपाली ओपन कन्सर्टका आयोजक एवं संघका उपाधक्ष्य राजेन्द्र राना मगरले सबैलाई आफ्नो आफ्नो कामको बादफाद गरि जिम्मेवारी दिनु भयो । बुद्ध नेपाली ओपन कन्सर्टको मुख्य उद्श्य विभिन्न नेपालीपन झल्काउने विभिन्न सास्कृतिक कर्यकर्मका साथमा बेलायत अधिराज्य भरि रहेका नेपालीहरुलाई मनोरंजनकासाथ एकआपसमा भेट गराउने, स्थानीय समुदाय बिचमा घुलमिल गराउने र च्यारितिको लागि कोष बृदि गराउने रहेको छ ।
यस बुद्ध नेपाली ओपन कन्सर्टमा स्थानीय मेयरको प्रमुख आतिथ्य, स्थानीय चिफ पुलिस इन्स्पेक्टर र नेपाली राजदूताबास लण्डन संयुक्त अधिराज्यका कार्यवहाक राजदूतको बिशेष आतिथ्य र संघ-सस्थाका प्रतिनिधिहरु लगायत विशिष्ट व्यक्तित्व हरुको उपस्थिति रहनेछ । यस भेलालाई अझ रोचक बनाऊनको लागि आकर्षित पुरस्कार सहित रेफल ड्रो खेलाउने र विभिन्न मीठो परिकारका फुड स्टल र पिउनको लागि विभिन्न पेय पदार्थ स्टल रहनेछन ।
बुद्ध नेपाली ओपन कन्सर्टको प्रवेश टिकट बेलायतको अधिराज्यभरि उपलब्ध रहेको संघका कोषाधक्ष्य तेज रामजाली मगरले जनाएका छन् । नेपालीहरुबीच सर्वाधिक चर्चामा रहेको यो बुद्ध नेपाली ओपन कन्सर्टको लागि नेपालबाट अति चर्चित कलकार हरुलाई आमन्त्रित गरिएको र कलाकारहरु १० जुनको दिनमा लण्डनको हेथ्रो बिमान स्थलमा अवतरण हुने संघका सास्कृतिक सचिव अनिता राना मगरले जनाएका छन् ।
बेलायतको भूमिमा सबै भन्दा बृहत रुपमा नेपालीहरुलाई एक ठाउंमा भेला गराएर मनोरंजन गराऊनको लागि नेपालका चर्चित लोक दोहारी गायक-गायिकाहरु दिप सागर मगर, अमृता लुन्गेली मगर अनि चर्चित पोप गायकहरु हेमन्त राना मगर र विवेक श्रेष्ठ छन् भने यु के मा नै हुनु हुने बिलन थापा, कल्पना श्रीपाल र स्थानीय लोक दोहारी गायक मोहन गुरुङ गरि ७ जना कलाकारहरु सहित नेपालीपन झल्काउने बिभिद सास्कृतिक नांचकासाथ बुद्ध नेपाली ओपन कन्सर्ट सम्पन्न हुने संघका सास्कृतिक सचिवले बताए ।
बैठकको अन्तमा संघका अध्यक्ष दुत पुनमगरले बुद्ध नेपाली ओपन कन्सर्टको बारेमा प्रस्ट पार्दै बेलायतमा भएको सबै नेपालीलाई एक ठाउंमा बृहत भेला गरि बेलायतमा नेपाली एकताको संदेश दिने बताएका थिए । बैठकको अध्यक्षता संघका अधक्ष्य दुत पुन मगरले गर्नु भएको थियो भने संघका महासचिव बम सूर्यवंशी मगरले संचालन गरेका थिए ।