एम्बुलेन्स सहयोगार्थ सुमधर साँझ

Read Time:2 Minute, 21 Second

भिम बरही मगर, १ जुन हंगकंग, चितबन समाज हंगकंगले जिल्लामा एम्बुलेन्स सहयोगार्थ भनी चितबन सुमधर साँझ याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न गरेको छ । यो भन्दा पहिले पनि भरतपुर अस्पताललार्इ सहयोगार्थ दश लाख रुपैयाको अक्षय कोष खडा गरेको लगायत थेप्रै काम गरेको अध्यक्ष ओमराज गुरुङले बताएका थिए । लोक गायक तथा हास्यकलामा समेत खप्पीस मिलन लामाले आयोजकहरुले कहि वा कसैलाई सहयोग गर्ने भन्ने गरेता पनि हामी पनि सहयोग गर्न भनी आएको रकम त भनेको ठाउँ पुग्छ की पुग्दैन भनी ब्यङ्गया गरेका थिए । दर्शकहरुको उपस्थिति र सहयोग रकम हेर्दा एम्बुलेन्सको लागि राम्रै सहयोग हुने देखिन्छ ।
हंगकंगको संघ संस्थाहरुले सहयोगार्थ बिनाको कार्यक्रम सफल पार्न नसकिने बुझेर होला केहि न केहि वा कसै न कसैलाई सहयोगार्थ भनी कार्यक्रम गरेको देखिन्छ । तर कार्यक्रम गरेपछि लेखा पारदर्शि रुपमा सार्वजनिक गरेको कमै पाइन्छ । हुन त कार्य समितिले लेखा दुरुस्त र चुस्त राखेको छ भनिन्छ तर पनि यस्तो कार्यक्रम गरेर सार्वजनिक रुपमा लेखा जानकारी गराई सहयोग रकम हस्तान्तरण गर्ने गरेमा विश्वासिलो देखिन्छ ।
समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा दिल बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । सचिब गन्जमान गुरुङले औपाचारीक कार्यक्रम सञ्चालन गरेका थिए ।
सुमधुर साँझ सफल पार्नको लागि मिलन लामा, जुनु रिजाल, रामचन्द्र काफ्ले, शान्ति परीयार र रीना आले नेपालबाट आएका थिए । हंगकंगका स्थानिय कलाकारहरुको पनि सहभागिता थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %