जातिय मुक्तिको लागि संघीयता : श्रेष्ठ

Read Time:2 Minute, 47 Second

भिम बरही मगर, १ जुन हंगकंग, संघीय समाजबादी पार्टी नेपाल, हंगकंग विशेष जिल्ला तदर्थ समितिले याउ मा तेइ कम्युनिटि हलमा प्रथम भेला सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय महासचिब राजेन्द्र श्रेष्ठले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै समाजबादी पार्टी एउटा जातिबिशेषको नभई सवै जातिले राज्यको हरेक अंगमा समानुअनुपातित रुपमा अधिकार पाउनु पर्छ भनी लडिरहेको बताए । बर्गीय मुक्तिको लागि समाजबाद, जातिय मुक्तिको लागि संघीयता, पार्टी बिस्तार तथा जनजागरण (बिजं) अभियान पार्टीले अख्तियार गरेको हुनाले हंगकंग आएको श्रेष्ठको भनाई थियो । समयअभावले गर्दा जनु २ मा हंगकंग तदर्थ समितिको प्रथम भेलाले पदाधिकारी तथा सदस्यहरु चयन गरी पुर्णकालिन कार्य समितिमा परीवर्तन गर्नेछ ।
जनजातिको मुद्धालाई सम्वोधन गरेन भनी एमाले र काग्रेसबाट विद्रोह गरी आदिवासी जनजाति मुलका नेताहरु बाहिरीएका थिए । फलस्वरुप एमालेका बिद्रोही नेता तत्कालिन उपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजबादी पार्टी नेपाल यहाँसम्म आइरहेको छ । दोस्रो संविधान सभाको चुनाबमा एघारौं स्थानमा आउन सफल भएको छ ।
नेपालमा जनजातिको मुद्धा बाकेर हिड्ने पार्टीमा राष्ट्रिय जनमुक्ति पार्टी सवै भन्दा पुरानो मानिन्छ । राज्यको हरेक निकायमा समानुपातित प्रतिनिधित्वको नारा आज भन्दा बाईस बर्ष पहिले जनमुक्ति पार्टीले वुलन्द बनाएको थियो । अहिले यो मुद्धा माओबादी, संघीय समाजबादी लगायत अन्य पार्टीमा पनि हावी भएको छ । यसले आदिवासी जनजातिलाई अधिकार पाइन्छ की भन्ने झिनो आशा देखाएको छ ।
हंगकंग विशेष जिल्ला तदर्थ समितिका अध्यक्ष ओमराज साम्बाहाम्हेको अध्यक्षतामा सचिब किशन राईले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष हेजेन राईले स्वागत मन्तब्य दिएका थिए ।  
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %