दलहरु वीचको तिक्तताले थपिएको समयमा पनि संविधान वन्दैन : आचार्य

Read Time:2 Minute, 36 Second

काठमाडौँ, १८ असोज
संवैधानिक समितिका सभापति निलाम्वर आचार्यले दलहरु वीचको तिक्तताको अवस्था रहेमा थपिएको समयमा पनि मुलुकले संविधान नपाउने वताएका छन् ।

 

संवैधानिक संवाद केन्द्रद्वारा प्रकाशित लोकतान्त्रिक संवादअन्तर्गत संविधानसभामा प्रस्तुत सुझावहरुको समीक्षा तथा संविधानसभा समितिका मस्यौदाहरुमा त्यसको प्रतिबिम्बनको विश्लेषण कृतिको आज राजधानीमा लोकार्पण गदै उनले यस्तो धारणा राखेका हुन् ।
“दलहरुबीचको अहिलेको रवैया हेर्दा सबैलाई जस्तै मलाई पनि बेलैमा संविधान बन्नेमा शङ्का छ, प्रमुख दलहरुबीच सम्बन्ध सुधार नभए संविधान बन्दैन ।”– आचार्यले भने

उनले संविधान निर्माणमा विज्ञहरुको बेग्लै समूह नबनाइए पनि उनीहरुको आवश्यकता रहेको भन्दै राजनीतिक इच्छाशक्ति भएमा संविधान बन्न मुश्किल नहुने  पनि उनले बताए ।

मुलुकको राजनीतिक अवस्थामा सुधार, शान्ति प्रक्रियालाई पूर्णता र संविधान निर्माणमा रहेका मूलभूत सवालहरुमा राजनीतिक दलहरुबीच इच्छाशक्तिसहितको सहमतिको खाँचो रहेको कुरामा उनले जोड दिए ।
सो कृतिका लेखक प्रा कृष्ण खनालले सहभागितामूलक, समावेशी र प्रतिनिधिमूलकमात्र होइन अपनत्वबोध हुने संविधान बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले  मधेसी, महिला, दलित, पिछडिएका वर्गका हकअधिकार सुनिश्चित गर्दै विज्ञहरुको सहयोग लिएर राजनीतिक दलहरुले आफ्नो स्वार्थभन्दा माथि उठेर निर्णय दिनुपर्ने बताए ।

सो कृतिमा राजनीतिक दलहरु, संविधानसभाको काम, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको संविधान निर्माणमा भूमिका बारेमा चर्चा गरिएको छ ।

राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रोबर्ट पाइपरको सभापतित्वमा सो कार्यक्रम भएको थियो । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %