नेपाल मगर संघ युएईको विशेष भेला संम्पन्न

Read Time:9 Minute, 34 Second

शुशी पुलामीमगर आबुधाबी


  युएई ३० मे २०१४-नेपाल मगर संघ युएईले संघमा महत्वपूर्ण निर्णण गर्दै विघटित कार्यसमितिका कार्यवाहक महासचिव शुशी पुलामी घर्तिमगर अध्यक्ष रहेको नयाँ २१ सदस्यीय केन्द्रीय कार्य समितिको घोषणाका साथ विशेष भेला संपन्न गरेको छ । ३० मे युएईको राजधानी आबुधाबीको एअरपोर्ट रोड स्थित पेप्सीकोलामा मगर वरिष्ठ वुद्धिजीवी,पत्रकार एवं समाजसेवी प्रिथिछक बुढामगरको सभापतित्व र संघका भूपू अध्यक्ष एवं नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष हरि बहादुर घर्तिमगरको प्रमुख आतिथ्यता,उपस्थित मगर वुद्धिजिवी, समाजसेवी, भद्रभलादमी पत्रकार एवं विघटित नेपाली मगर संघ युएईको महत्वपूर्ण भूमिकामा रहनुहुने सचेत मगर युवाहरुको वृहत विशेष भेलाले सर्व सहमत रुपमा नयाँ कार्य समितिको चयन एवं निम्न निर्णय गर्दै विशेष भेला समापन गरेको हो ।

निर्णयहरुः

१. ४ अप्रिल २०१४ मा दुवईको जाविलपार्कमा तत्कालीन राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएई र राष्ट्रिय पहिचान विहिन मगर संघ युएई विच भएको वृहत भेलाको सम्मानजनक सहमतिको जगमा टेकेर निर्माण भएको हाम्रो गरिमामय सँस्था नेपाल मगर संघ युएई सहमतिका एक पक्षधर तत्कालिन मगर संघ युएईमा रही हाल संघको मूख्य नेतृत्वको भूमिका निर्वाह गर्दै आएकाहरुवाट राजनैतिक पूर्वाग्रह एवं व्यक्तिगत रिषइवीको आधारमा एक व्यक्तिलाई निस्तेज गर्नको निम्ति समग्र विधि पद्दति र लोक तन्त्रका सामान्य मूल्यमान्यतालाई तिलान्जली दिदै तत्कालिन कतिथ मगर संघ युएई पक्षधरहरु वाटनै एकताको सहमति तोडीएको छ भन्ने निष्कर्षका साथ, यसको संपूर्ण जिम्वेवारी उल्लेखित सहमति तोड्नेहरुले नै लिनु पर्ने ठहर गर्दै, दुई संघ विचमा भएको सहमति तोड्दा सहमतिको जगमा टेकेर निर्माण भएको हस्त बहादुर दर्लामी मगरको अध्यक्षतामा रहेको संघको कार्य समिति पनि स्वतः विघटन भएको निर्णय गरेको छ ।

२. नेपाल मगर संघ युएई भन्ने नाम, दुई मगर संघ समायोजनको अवस्थामा तत्कालीन राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएईले प्रस्ताव गरेको नाम हुँदा यो नाममा हक दावा गर्न कोहि कसै अमुख संघ संस्थावाट कुनै किसिमको व्याबहारिक, नैतिक एवं वैधानिक हैसियत प्राप्त नहुने हुँदा नेपाल मगर संघ युएई संघको नाम यथावतै राख्ने निर्णय गर्दै,आफ्ना मगर जातीय भाषा,धर्म,संस्कृति लिपि र कलाको संरक्षण र संवर्दन,सामाजिक रुपान्तरण राजनैतिक रुपमा आफ्ना जातीय हक अधिकारको प्रशिक्षण एवं सचेतना जस्ता संघका संपूर्ण गतिविधि यसै संघवाट ल्याइने निर्णय गरेको छ ।

३. नयाँ निर्माण भएको नेपाल मगर संघ युएईको परिवर्तित जातीय धरातलीय संगठनिक यथार्थता सवै किसिमका सामाजिक,राजनैतिक एवं आर्थिक प्रश्नलाई सम्वोधन हुने गरी विधान निर्माण गर्न मस्यौदाको जिमेवारी बुद्दिजीवी परिषदका संयोजक प्रिथिछाक बुढामगरको संयोजकत्वमा महासचिव टपन घर्ति मगर र साँस्कृतिक विभाग प्रमुख अजित सलामी थापा मगर रहेको ३ सदस्यीय विधान मस्यौदा समिति निर्माण गरेको छ ।

४. मगर वरिष्ठ बुद्दिजीवी एवं पत्रकार प्रिथिछक बुढा मगरको सम्योजकतोमा ५ सदस्यीय मगर बुद्दिजीवी परिषद निर्माण गरेको छ । निर्माण गरीएको बुद्धिजीवी परिषदमा सदस्य रहनुहुने विघटित नेपाली मगर संघ युएईका वरिष्ठ उपाध्यक्ष रामकृष्ण पुन मगर,कोषाध्यक्ष चुमान काउछा मगर ,समाजसेवी गोपाल पुलामी मगर र शशी पुलामी छन् ।

५. विघटित कार्य समितिकी कार्यवाहक महासचिव एवं विशेष भेलाको संयोजक शुसी पुलामी घर्ति मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।

घोषणा भएको नयाँ कार्यसमिति निम्नानुसार छ 

१, वरिष्ठ उपाध्यक्ष राम थापा मगर

२, उपाध्यक्ष १२ मगरात मनोज काउछा मगर

३, उपाध्यक्ष १८ मगरात कैलाश पुन मगर

४, महासचिव टपन घर्ति मगर

५, सचिव बुद्दी बहादुर सारु मगर

६, कोषाध्यक्ष नरसिंह थापामगर

७, प्रवक्ता सुरेन्द्र थापा मगर

विभाग प्रमुखहरुः

१, संगठन विभाग प्रमुख भुवन बुढामगर

२, प्रशिक्षण विभाग प्रमुख विकाश थापा मगर

३, साँस्कृतिक विभाग प्रमुख अजित सलामी मगर

४, अनुशासन विभाग प्रमुख यम राना मगर

५, खेलकुद विभाग प्रमुख श्री थापा मगर

६, महिला विभाग प्रमुख विमला थापामगर

सदस्यहरुः

१, मायाँ मगर

२, राम मगर

३, तिर्थ थापा मगर

४, शुशिला दर्लामी मगर

५, सन्त राम मगर

६, निशान थापा मगर

७, लोक बहादुर मगर

अध्यक्षमा निर्वाचित भए पछी विशेष भेलालाई सम्वोधन गर्दै भेलाका संयोजक एवं नव गठित केन्द्रीय कार्य समितिका अध्यक्ष शुशी पुलामी घर्तिमगरले सामाजिक विभेदको अन्त्यगर्न खोलिएका हाम्रा जस्ता जातीय सँस्थामा आफै भित्र लैंगिक सामाजिक विभेद चरमुत्कर्षमा रहेकोले त्यसलाई चुनौती दिन पनि मेरो अध्यक्षता अपरिहार्य थियो । म अध्यक्षमा चयन भए पछी पुरूष प्रधानको पुरातन मानसिकतावाट वाहिर आउन नसकेका कथित मगर नेतृत्वलाई गतिलो झापट भएको छ । म अत्यन्तै जुझारू,क्रियाशील,कर्तव्यनिष्ठ छु तसर्थ मेरो वुद्धिविवेक एवं क्षमाताले भ्याए सम्म संघलाई सफल नेतृत्व दिन कृतसंकल्पित रहने छु ।

यसैगरी प्रमुख अतिथि हरि बहादुर घर्ति मगरले नव गठित कार्यसमितिलाई वधाई तथा शुभकामना दिदै, कुनै पनि संघ संस्था नीति(सिद्दान्त,विधि,पद्दति एवं विधान भन्दा वाहिर गएर मनपरीतन्त्रले कामगर्दा उसको पतन निश्चित हुने हुँदा त्यसमा संवेदनशील हुन आग्रह गरेका थिए ।
विशेष भेलालाई समापन भएको घोषणा गर्नुहुँदै भेलाका सभापति प्रिथिछक बुढा मगरले नव गठित कार्य समितिलाई शुभकामना दिदै कुनै किसिमको आग्रह,पूर्वाग्रहलाई त्यागेर युएईका सम्पूर्ण मगर हरुलाई समेटेर लग्न सल्लाह र सुझाव दिदै यसैगरी भेलामा आफ्नो विचार राक्नु हुनेमा वरिष्ठ उपाध्यक्ष राम थापामगर,कोषाध्यक्ष नरसिंह थापा मगर र केन्द्रिय सदस्य सन्तराम मगर रहेका थिए ।

विशेष भेलाका प्रमुख अतिथि हरि बहादुर घर्तिमगर र सभापति प्रिथिछ्क बुढामगरले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा नव निर्वाचित साँस्कृतिक विभाग प्रमुख अजित सलामी मगरले स्वागत भाषण,अध्यक्ष शुशी पुलामी घर्तिमगर कार्यक्रम संयोजन सम्वन्धमा आफ्नो विचार राखेका थिए भने महासचिव टपन घर्ति मगरले कार्यक्रम संचालन गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %