नेताहरुको थोत्रे बोलिले स्थानिय चुनाव नहुने

कमल चौधरी, बुटवल- पूर्व श्रम तथा यातायात मन्त्री एवम् राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम.एस थापाले स्थानिय चुनावमा अहिले देखि नै सम्पुर्ण कार्यकर्ताहरु हिसाब किताव गर्नुपर्ने भन्दै कुनै गृहमन्त्री र नेताहरुको थोत्रे बोलिले स्थानिय चुनाव नहुने बताए ।

थापाले १२ बर्ष पहिले बनेका स्थानिय निकाय ऐन स्वत अब लागु नहुने भन्दै स्थानिय चुनाव हुनको लागि ऐन संसोधन र परिवर्तन नगरि स्थानिय चुनाव नहुने जिकिर गर्नुभयो । नेता थापाले मुलुक जुनसुकै हालतमा संघीयतामा जाने भन्दै अबको दिनमा स्थानिय तहमा पनि जनमुक्तिको बर्चस्व हुने दावी गरेका थिए । “पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान ,भष्ट्राचारमुक्त नेपालको निर्माण जनमुक्तिको अभियान” भन्ने मुल नाराको साथ राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति, रुपन्देहीको पार्टी कार्यालय भवन शिलन्यास तथा भेटघाट कार्यक्रममा यस्तो जिकर गरेका हुन् ।

थापाले चुनावको परिणाम देखा परे बमोजिम हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता र जनताहरु हतोत्साहित र निराश नभएको बताए । हाम्रो कार्यकर्ताहरुले धेरै कुरा जितेका छन् । विगतमा संविधान साभाको चुनावमा ३२ वटा पार्टीका चुनावहरुको सहभागीता रहेको थियो । त्यो ३२ वटा पार्टीहरु मध्ये ९ वटा पार्टीको अहिले उपस्थिति छैन । हिजो २३७ वटा साभसद् भएको एकिकृत माओवादीको अहिले ८५ वटामा सिमित छन् । भन्नुको मतलब माओवादी  लगभग १५४ वटा सिटहरु गुमाउन पुग्यो । ९ वटा पार्टीको सविधान सभावाट उसको अस्तित्वनै समाप्त भएको छ । तर हामीले केही गुमाएका छैनौ । हिजो पनि विजय थियो आज पनि विजयमा छौं । फेरीपनि थापाले भने राष्ट्रिय जनमुक्ति पार्टीलाई जुन किसिमबाट देशी र विदेशी शक्तिको बाबजुत पनि  हराउन सकेनन् ।

हामीले सभासद्को संख्या थप्न नसकेपनि केही गुमाउन परेको छैन । साथै पूर्वमन्त्री थापाले  अबको दिनमा शसक्त रुपमा जनमुक्ति पार्टी अगाडी बढ्ने भन्दै जनता र कार्यकर्ताहरुलाई हतोत्साहित नहुन आग्रह गरुका थिए । हामी हारेका छैनौ १८ सय भोट भएको भए ३ वटा सभासद पुग्ने थियो, त्यसैले जित्न नसकेको त्यो छुट्टै कुरा हो भनेका थिए । अब मुलुकमा संघीय पक्षधरहरुको एकिकरण गर्ने, यदी संघीयता पक्षधरहरु एकिकरण हुन नसके पार्टीको मोर्चा गठन गरेर भए पनि संविधान सभामा अदिवासी जनाजाती, महिला, मदेशी, मुस्लिम समुदायका आधिकारलाई बुलन्द रुपमा उठाउने बताएका थिए । थापाले पार्टी एकिकरण हुदैमा राष्ट्रिय जनमुक्ति पार्टीका निति र सिद्धान्तमा फेर बदल नहुने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीलाई आर्थिक, रुपमा सबल हुन जरुरी रहेको भन्दै अब पार्टीलाई सबल र सुदृद्धिकरण गर्न १२ करोडको योजना को साथ अगाडी बढ्ने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अब जनमुक्ति पार्टीको नेतृत्व युवा वर्गलाई दिनु पर्ने भन्दै युवावर्गनै वर्तमान देशको परिवर्तनको संवाहक रहेको बताए । पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङग अध्यक्षता उपाध्यक्ष मधु रानाको स्वागत र सचिव भैरव थापाको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ नेता राम बहादुर तुम्बाहाम्फे,पार्टीका उपाध्यक्ष मनध्वज पुलाल,संघीय परिषद सदस्य विद्या प्रसाद शर्मा,संघीय परिषद सदस्य असोक पुन, महिला मोर्चाका जिल्ला अध्यक्ष धनि आले, समाजसेवी खेम पुन लगाएतले बोलेका थिए । भने रुपन्देहीको पार्टी कार्यालय भवन शिलन्यास भन्तेद्वारा सुत्रपाठ गरी गरिएको थियो ।